Play

विकास अर्थशास्त्री  डा. काफ्ले बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त

गुरुकुल खबर


काठमाडौं,  तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तरबार्ता पश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझाव सहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।  डा. काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका छन।

विकास अर्थशास्त्री डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बीमामा शत प्रतिशत वृद्धि गर्ने निर्णय उनको कार्यकालमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधी डा. काफ्लेले केहि समय प्राध्यापन पनि गरेका थिए ।

२७ फाल्गुन २०८१, मंगलवार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा