Play

१५ करोडको ग्याम्ब्लिंग र १५ करोडको क्रिप्टोकरेन्सी कारोवार गरेको अभियोगमा पांचजना पक्राउ

गुरुकुल खबर


पोखरा,  पोखरामा रहेर क्रिप्टोकरेन्सी कारोवार गर्ने, अनलाइन जुवा खेलाउने र सटटाबाजी गरेको आरोपमा प्रहरीले पाँच जनालाई विभिन्न इलेक्ट्रोनिक उपकरणहरू सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ३१ थान मोबाइल, २ वटा कम्प्युटर मोनिटर, ३ वटा सिपीयु, ४ वटा ल्यापटप, १ वटा आइप्याड, ४ वटा राउटर, ३ वटा पेनड्राइभ, १ वटा हार्डडिस्क र नगद ७२ हजार रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुले आफन्तको नाममा विभिन्न बैंकमा खाताहरू संचालन गरि कारोवार गरेको अनुसन्धानमा खुलेको छ। ह्वाट्सएप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत सञ्चालित जुवा खेलमा हालसम्म १५ करोड रुपैयाँ बराबरको ग्याम्बलिङ कारोबार र १५ करोड बराबरको क्रिप्टोकरेन्सी कारोवार भएको देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेहरुमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ रहेका छन ।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भई पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, म्याग्दीको बेनी नगरपालिका–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थायी ठेगाना भई पोखराको चाउथेमा बस्ने २८ वर्षीय सन्दीप कटुवाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरु मध्ये रुपेन्द्र जिसी आइटी इन्जिनियरिङमा पीएचडी गर्दै छन्। उनी १० वर्ष अमेरिका बसेर एक महिना अघिमात्रै बिदामा नेपाल आएका थिए। बानियाँ भने ब्यबसायमा संलग्न छन उनको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको छ। केसी स्नातक दोस्रो वर्षमा अध्ययनरत छन भने घिमिरे स्नातक चौथो वर्षमा अध्ययनरत छन यसैगरी कटुवालले कन्सल्टेन्सी संचालन गरिरहेका छन। एकअर्कामा नजिकका नातेदार समेत रहेका उनीहरु मध्ये बानियाँ र घिमिरे रुपेन्द्रका फुपूका छोरा, केसी रुपेन्द्रको सानी आमाका छोरा र कटुवाल रुपेन्द्रको बहिनी ज्वाइँ रहेको प्रहरीले जनाएको छ।

रुपेन्द्र जिसीको साढे तीन तल्ले घरबाट क्रिप्टोकरेन्सी कारोवार, अनलाइन जुवा र सट्टाबाजी जस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले दैनिक तीन सिफ्टमा खेल सञ्चालन गर्ने, एक सिफ्टमा कम्तीमा ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

२५ फाल्गुन २०८१, आईतवार २०:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा