Play

जथाभावी रुख काट्नेलाई दश बर्ष जेल र दश लाख जरिवाना हुनसक्छ- पूर्व बन निर्देशक श्रेष्ठ

जथाभावी रुख काट्नेहरुलाई कारबाहीको दायरामा ल्याउन अभियन्ताहरुको माग


गुरुकुल खबर


पोखरा, पोखरामा रहेका एतिहासिक चौतारा सहित विभिन्न ठाउँमा रहेको बर, पिपल र समीका रुख काट्नेहरुलाई कारबाही गर्नुपर्ने आवाज बढ्दै गएको छ । पोखराको वडा न. १३, १४ र ६ मा पछिल्लो समय पुराना रुखहरु काटिएको घटनाको सामाजिक संजालबाट सर्बसाधारणले चर्को बिरोध गरेपछि रुख काट्ने वा काट्नको लागि अनुमति दिनेहरुलाई कारबाही गर्नुपर्ने आवाज बढ्दै गएको हो ।

यसै बिषयलाई लिएर बाताबरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीको संयुक्त आयोजनामा बिहीबार भएको नागरिक भेलामा सहभागीहरुले रुख काट्नेहरुमाथि कारबाहीको माग गरेका हुन् ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका वृक्ष नष्ट गर्नेलाई कारबाही तथा बाँकी रहेका बरपिपल चौतारा लगायत प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि दबाब सृजना गर्न आयोजित भेलमा बोल्दै वातावरणविद् डा. अनिल सुवेदीले ऐतिहासिक चौतारा र रुख मास्ने काममा स्थानीय र जनप्रतिनिधिहरुको साथै बताबरणको क्षेत्रमा काम गर्नेहरुले पनि नजरअन्दाज गरेको उल्लेख गरे । अगामी दिनमा यसरी रुख नकाट्ने वातावरण बनाउन सबै लाग्नुपर्ने बताउंदै उनले स्थानीय आमा समूहदेखि सर्बसाधारण लागेमा यसलाई रोक्ने सकिने बताए ।

पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभागका उपप्राध्यापक हेमन्त ढकालले सम्पदाको रुपमा रहेका रुख कसैले पनि मनमौजीढंगले काट्न नपाउने बताए । उनले पोखरामा माघको पहिलो हप्ताबाट रुख काँटछाँटको अभियान थालिएको र त्यसमा केही संस्थाका नाममा घुसपैठ गरेर रुख काटिएको बताए । उनले यसरी रुख काटिँदा कानुनी राज्य नै छैन की जस्तो झल्को देखिएको धारणा राखे ।

वातावरण संरक्षण महाअभियानका अभियन्ता एवं प्रदेश बन निर्देशनालयका पूर्व निर्देशक रामकाजी श्रेष्ठले सार्वजनिक चौतारामा रहेका महत्वपूर्ण रुखहरु काट्नेलाई १० वर्षसम्म जेल सजायँ र १० लाखसम्म जरिवाना लगाउने कानुनी व्यवस्था रहेको जानकारी दिए । यसरी रुख काट्नेलाई कानुनी कठघरामा उभ्याउन दवाव जरुरी रहेको उनको भनाई थियो ।

पृथ्वीनारायण क्याम्पसका वातावरण विभागका प्रध्यापक कल्याण पन्तले पोखरामा चौतारा मासिने क्रम निरन्तर रहेको बताए । उनले विगतको तथ्यांक बताउँदै अहिले झनै चौतारा मासिने क्रम बढेको उल्लेख गरे ।

नागरिक अभियन्ता रामबहादुर पौडेलले रुख काटिँदा जैविध विविधता र पर्यावरणमा नै असर पर्ने भएकाले चौतारा मास्ने र चौताराका पुराना रुख काट्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

अधिवक्ता भगवती पहारीले ऐतिहासिक चौतारा मास्ने विरुद्ध आफूसहित तीन जना कानुन व्यवसायी मिलेर रिट दायर गर्ने तयारी गरेको जानकारी दिइन् । कार्यक्रममा सहभागीहरुले महानगरपालिका, बन कार्यालय र प्रदेश सरकारले समेत यसमा चासो राख्नुपर्ने र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने धारणा राखे ।

१ फाल्गुन २०८१, बिहीबार २३:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा