पाेखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिबेशन बिहिबार पोखरामा सम्पन्न भयो अधिबेशनले मञ्चको नयाँ कार्यसमिति समेत चयन गरेको छ मञ्चको अध्यक्षमा एमबी आस्था मगर उनका प्रतिद्वन्दी सुरज श्रेष्ठलाई ९ मतले पछि पार्दै बिजयी भएका छन। आस्थाले ३६ मत पाएका थिए भने श्रेष्ठले २७ मत मात्र पाए ।
समितिकाे उपाध्यक्ष (समावेशी) मा उमा आलेमगर निर्वाचित भएकी छन्। उनले ३६ मत पाइन् । प्रतिस्पर्धी राधिका कँडेलले २७ मत मात्र प्राप्त गरिन् । महासचिवमा परशुराम शर्मा विजयी भएका छन् । उनले ३८ मत पाउँदा उनकी प्रतिद्वन्दी लक्ष्मी जिसीले २५ मत मात्र प्नाप्त गरिन्।
सचिवमा राजु गिरी सर्वाधिक ४१ मत पाएर विजयी भए । उनको प्रतिद्वन्दी कविता घर्तीमगरले २३ मत मात्र पाएकी थिइन् उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध निर्बाचित भएका छन । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भएकाे भएपनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा मतदान प्रक्रिया द्वारा नेतृत्व चयन गरिएको हो ।
सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल ‘तारा’ निर्बिरोध निर्बाचित भएका छन् ।