Play

खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिबेशन, अध्यक्षमा सुरजलाई पछि पार्दै आस्था बिजयी

गुरुकुल खबर


पाेखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिबेशन बिहिबार पोखरामा सम्पन्न भयो अधिबेशनले मञ्चको नयाँ कार्यसमिति समेत चयन गरेको छ मञ्चको अध्यक्षमा एमबी आस्था मगर उनका प्रतिद्वन्दी सुरज श्रेष्ठलाई ९ मतले पछि पार्दै बिजयी भएका छन। आस्थाले ३६ मत पाएका थिए भने श्रेष्ठले २७ मत मात्र पाए ।

समितिकाे उपाध्यक्ष (समावेशी) मा उमा आलेमगर निर्वाचित भएकी छन्। उनले ३६ मत पाइन् । प्रतिस्पर्धी राधिका कँडेलले २७ मत मात्र प्राप्त गरिन् । महासचिवमा परशुराम शर्मा विजयी भएका छन् । उनले ३८ मत पाउँदा उनकी प्रतिद्वन्दी लक्ष्मी जिसीले २५ मत मात्र प्नाप्त गरिन्।

सचिवमा राजु गिरी सर्वाधिक ४१ मत पाएर विजयी भए । उनको  प्रतिद्वन्दी कविता घर्तीमगरले २३ मत मात्र पाएकी थिइन्  उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा विमल तिवारी भने निर्विरोध निर्बाचित भएका छन । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भएकाे भएपनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा मतदान प्रक्रिया द्वारा नेतृत्व चयन गरिएको हो ।

सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल ‘तारा’ निर्बिरोध निर्बाचित भएका छन् ।

१० माघ २०८१, बिहीबार २१:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा