Play

विभिन्न ७१ जिल्लामा भुमि आयोगको अध्यक्ष नियुक्त, कास्कीको अध्यक्षमा एमालेका बैनबहादुर

गुरुकुल खबर


काठमाडौँ, भूमि व्यवस्था मन्त्रालयले कास्की जिल्लामा भुमि आयोगको अध्यक्षको जिम्मेवारी नेकपा एमालेका नेता बैन बहादुर गुरुङलाई दिएको छ  देशका ७१ जिल्लामा भूमि आयोग गठन गरि अध्यक्षहरुको नियुक्ति गर्ने क्रममा कास्कीमा एमालेका गुरुङलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

सोमबार भूमि व्यवस्था मन्त्रालयले ७१ जिल्लाहरूमा आयोगका अध्यक्षको नियुक्तिसँगै उनीहरूको शपथ ग्रहण कार्यक्रम समेत सम्पन्न गरेको छ। मन्त्रालयले सुरुमा ५६ जिल्ला अध्यक्षहरू मात्र नियुक्त गरेको उल्लेख गरेको भएपनि नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहणको समयमा यो सूची ७१ पुगेको बताइएको छ ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको सभाहल नयाँबानेश्वरमा आयोजित शपथ ग्रहण समारोहअघि आयोजित कार्यक्रममा मन्त्री अधिकारीले अहिले बनेको आयोग इतिहासकै अन्तिम आयोग हुने भन्दै यसले गर्ने काम भूमि व्यवस्थापनको इतिहासमा कोशेढुंगा साबित हुने बताए ।

उनले सरकारले जतिसुकै विरोध सहेर पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरेरै छाड्ने उद्घोष गरे । उनले अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको भन्दै वर्षौँदेखि हुन नसकेका कामहरूलाई ६ महिनामै गरेर देखाएको दाबी गरे ।

अब कोशी प्रदेशको तेह्रथुम, मधेसको सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला र सुदूरपश्चिमको बझाङ र कञ्चनपुरका अध्यक्ष मात्रै नियुक्त हुन बाँकी छन् ।

पहिलो चरणमा प्राविधिक कारणले शपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ ।

तल क्लिक गरेर हेर्नुहोस .

भुमि आयोगका जिल्ला अध्यक्षहरुको नामावली

२९ पुष २०८१, सोमबार १८:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा