Play

शिक्षामन्त्री भट्टराई र बिकास साझेदारहरूबिच शैक्षिक सुधार गर्नेबारेमा छलफल

गुरुकुल खबर


काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईसंग मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका संयुक्त विकास साझेदारहरूले  भेटघाट गरेका छन।

उक्त अवसरमा मन्त्री भट्टराईले संयुक्त वित्तीय साझेदारका प्रमुख तथा प्रतिनिधिज्यूहरूलाई स्वागत गर्दै विकास साझेदारहरूले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको सराहना गरिन।

विकास साझेदारहरूको तर्फवाट हाल कार्यान्वयनको क्रममा रहेको विद्यालय शिक्षा क्षेत्र योजनाको सबै क्षेत्र तथा उपक्षेत्रहरूको समीक्षा गरी आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने विषयमा नेपाल सरकारसँग संयुक्त रूपमा सहकार्य गर्ने विषयलाई मन्त्री भट्टराईले जोड दिएकी थिईन।

मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्र सुधार गर्न शिक्षकको प्रमुख भूमिका हुने र शिक्षकको गुणस्तर सुधार आवश्यक रहेकोले शिक्षक विकास र व्यवस्थापनको रणनीति तयार पार्न आग्रह गरिन  ।

भेटघाटमा नेपालका लागि नर्वेजियन राजदूत तोरुण द्रम्दाले नर्वे सरकारले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन कार्यान्वयनको केन्द्रविन्दुको रूपमा रहेको स्थानीय तहको क्षमता विकासमा सहयोग गर्न चाहेको बताइन । विकास साझेदारको तर्फबाट नेपालका लागि नर्वेजियन राजदूत तोरुण द्रम्दाको नेतृत्वमा ,एडिबि ,युएसआइडी ,युनिसेफ , युरोपियन युनियन, वर्ल्ड बैंक , जिपिइका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

१२ मंसिर २०८१, बुधबार १८:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा