Play

एसीसी यू-१९ एसिया कप खेल्न नेपाली क्रिकेट टोली यूएई प्रस्थान, क्यानद्वारा बिदाई

गुरुकुल खबर


काठमाडौं । एसीसी यू-१९ एसिया कप खेल्न नेपाली टोली मंगलबार यूएई प्रस्थान गरेको छ। मलेसियामा २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई क्यानले मंगलबार एक कार्यक्रमबीच विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको विदाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले दबाव नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए ‌। यू-१९ एसिया कप यूएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म सञ्चालन हुनेछ। नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ मा बंगलादेशसँग र समूहको अन्तिम खेल डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ।

नेपाली टोलीको उपकप्तानमा अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा मगर, मयान यादव, नरेन साउद, युनिस विक्रक सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन्। यस्तै युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, प्रजित पौडेल, अविशेष तिवारी र रन्जित कुमार टोलिमा सामेल छन्। टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन्।

११ मंसिर २०८१, मंगलवार १६:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा