पोखरा, पोखरामा रहेर पुस्तक तथा स्टेसनरी व्यवसायमा संलग्न रहेका ब्यबसायीहरुको संस्था पोखरा पुस्तक तथा स्टेसनरी ब्यबसायी संघको अध्यक्षमा गोबिन्द गौतम निर्बाचित भएका छन । शनिबार राति सम्पन्न संघको ३१ औं साधारण सभा एवं १२ औं अधिबेशनबाट गौतम अध्यक्ष रहेको नया कार्यसमिति निर्बाचित भएको हो।
अध्यक्ष पदका लागि गौतम सहित प्रकाश बाँस्तोला र मिलन गोर्खालीले उमेदवारी दिएकोमा गोविन्द गौतमले १ सय ५ मत प्राप्त गरेका थिए। लोकप्रिय मतका साथ गौतम अध्यक्षमा निर्बाचित हुँदा उनका प्रतिद्वन्दी प्रकाश बास्तोलाले ३९ मत र मिलन गोर्खालीले २१ मत मात्र प्राप्त गरेका थिए। निर्बाचन कार्यक्रममा १ सय ६५ जनाले मतदान गरेका थिए। अध्यक्षमा निर्बाचित गोविन्द गौतमले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन। उनि सहित उनको परिबारले हाल पोखरामा हेल्लो स्टेसनरी संचालन गरिरहेको छ।
२०६६ सालमा तत्कालिन अध्यक्ष ऋषिराम शर्मा भण्डारीको कार्यकालमा सम्पन्न “पाँचौ बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव” मा आम्दानी खर्चको विवरण तयार गर्ने र महोत्सवमा संचालित साँस्कृतिक कार्यक्रमको लागि संयोजक भएर काम गरेका गौतम सोहि समय देखि संस्थामा प्रवेश गरेका थिए ।
२०६९-२०७२ का तत्कालिन अध्यक्ष जगदीश गौतमको कार्यकालमा कार्यसमिति सदस्य, २०७२-२०७५ का तत्कालिन अध्यक्ष शिवराज बास्तोलाको कार्यकालमा पनि कार्यसमिति सदस्य र २०७५-७७ का अध्यक्ष मोहन प्रसाद सापकोटाको कार्यकालमा संघको सचिवमा निर्वाचित भएका गौतम त्यसपछि सम्पन्न पुस्तक तथा स्टेसनरी ब्यबसायी संघको छैटौं महाधिबेशनबाट भने केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए। यसपटक उनि पुस्तक तथा स्टेसनरी व्यवसायीका समस्या समाधानमा सक्रिय रहने उद्धेश्यका साथ संघको कास्की शाखाको अध्यक्ष बनेका छन।
संघको कास्की शाखाको प्रथम उपाध्यक्षमा ध्रुव पोखरेल, दित्तीय उपाध्यक्ष सञ्जय आचार्य, सचिवमा राम प्रसाद सुवेदी, कोषाध्यक्षमा प्रकाश प्रसाद पोखरेल र सहसचिवमा दीपेन्द्र पोखरेल भने सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यमा विभिषण तिमिल्सिना, अर्जुन खनाल, सन्तोष अधिकारी, इश्वर पौडेल, मनिषा बस्नेत परियार, हरि खनाल, विजय सपकोटा, देविमायाँ दवाडी र ज्ञान प्रसाद पाठक निर्वाचित भएका छन् ।
संघको लेखा समिति संयोजकमा गिता अधिकारी, सदस्यमा टिकाराम बास्तोला र सुजित गौतम निर्वाचित भएका निर्वाचन समितिका संयोजक ऋषिराम शर्मा भण्डारीले जानकारी दिए ।
अधिबेशन अघि पोखरा महानगरका प्रमुख धनराज आचार्यले पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै व्यवसायमा सफलता प्राप्त गर्नको लागि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए। पुस्तक तथा स्टेसनरी व्यवसाय सम्मानित र प्रतिष्ठित व्यवसाय रहेको भन्दै उनले आफू पनि यही व्यवसायबाट अगाडि बढेको स्मरण गरे ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी महासंघका महासचिव विष्णु पौडेल, गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेल, पूर्वअध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, सल्लाहकार ऋषिराम शर्मा भण्डारी, मसलन्द तथा शैक्षिक सामग्री उत्पादन संघका केन्द्रीय सदस्य कृष्णराज ढुंगाना, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरी सापकोटा, हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी, फेन्सी तथा रेडिमेट व्यवसायी संघ कास्कीका अध्यक्ष एकनारायण पंगेनी लगायतका बक्ताले साधारणसभाकाे सफलताको शुभकामना व्यक्त गरे ।
साधारण सभाकै अबसरमा तीनजना अग्रज व्यवसायी सावित्री कोइराला गौतम, गुप्त प्रसाद शर्मा र राजेन्द्र घिमिरेलाई सम्मान गरिएको थियो भने पय्रकरिताको माध्यमबाट संस्थाका गतिबिधि उजागर गर्न योगदान दिएको भन्दै पत्रकार तथा रेडियोकर्मी आरजु विष्ट सल्यानीलाई पनि सम्समान गरिएको थियो ।
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीका अध्यक्ष कविन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका उपाध्यक्ष उपाध्यक्ष ध्रुव पोखरेल, सचिव सञ्जय आचार्य र सहसचिव रामप्रसाद सुवेदी लगायतले संस्थाका विभिन्न गतिबिधिमाथि प्रकाश पारेका थिए ।