Play

प्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

गुरुकुल खबर


काठमाडौँ, प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि काठमाडौँको फ्रन्ट लाइन अस्पतालमा उपचारार्थ भर्ना गरिएका ढुंगानाको केहि समय अगाडी निधन भएको हो।

८३ वर्षीय ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वार बनेर काठमाडौं क्षेत्र न. २ बाट सांसद पदमा निर्वाचित भएका थिए । त्यसपछि उनी प्रतिनिधिसभाको सभामुख भएका थिए । उनी २०७४ सालमा भक्तपुरमा पनि नेपाली कांग्रेसको तर्फबाट सांसदको उमेदवार थिए ।

अस्पतालका चिकित्सक डा. योगेश न्यौपानेले दिएको जानकारीअनुसार ढुंगानाको उपचारको क्रममा निधन भएको हो । दिउँसोकरिब दुई बजे ढुंगानालाई अस्पताल लगिएको थियो । त्यसबेला नै उनको निधन भइसकेको बुझिएको छ । कलेजो सम्बन्धी समस्याबाट गुज्रिएका ढुंगानाले भारतमा पनि उपचार गराइरहेका थिए ।

नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार कानुन व्यवसायको क्षेत्रमा पनि उनको नाम अग्रपंक्तिमा रहेको थियो। वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।  ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।

२ मंसिर २०८१, आईतवार १६:४३ मा प्रकाशित
Nabintech