पोखरा, गण्डकी प्रदेश सभामा अब सुनिता थापा सांसद बन्ने भएकी छन। नेपाली काँग्रेसमा महिला तर्फको जनजाति क्लस्टरबाट सांसद बनेकी म्याग्दीकी बिमला गौचनको निधन भएपछि जनजाती / महिला क्लस्टरमा नाम रहेकी स्यांग्जाकी सुनिता थापा सांसद बन्ने पक्का जस्तै भएको हो ।
यस अगाडी निर्वाचनका समयमा नेपाली कांग्रेसले निर्बाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूची अनुसार आदिवासी/जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी सुनिता थापाले अवसर पाउने भएकी हुन् । उनि स्याङ्जाको चापाकोट गाउँपालिकाबाट प्रदेशसभा सदस्य बन्ने भएकी हुन् ।
नेपाली काँग्रेस अन्तर्गत आदिवासी/जनजाति महिला क्लस्टर तर्फबाट म्याग्दीकी गौचन सहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्या अनुसार सामानुपातिक सांसद बनेर गण्डकी प्रदेश सभामा आएकोमा गौचनको निधन पछि क्रमसंख्या अनुसार स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाउने भएकी हुन्।
स्याङ्जाको चापाकोट नगरपालिका- ९ मा जन्मिएकी सुनिता अपांगता भएका व्यक्तिहरुको हकहितमा काम गर्दे आएकी छन् । अहिले कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिताले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर एक्कासी श्रवण शक्ति गुमाएकी थिइन् । आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय रहँदै आएकी छिन। २०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् भने विभिन्न अपांगता भएकाहरुको क्षेत्रमा अभियन्ताका रुपमा सक्रिय छिन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एबम गण्डकी प्रदेशका पुर्ब सांसद विष्णुप्रसाद लामिछानेले गुरुकुल खबरसंग भने,”निर्बाचन आयोगले नेपाली काँग्रेसबाट महिला जनजाती तर्फको समानुपातिक तर्फको सांसदको मृत्यु भएकोले पद खाली भएको भन्दै अर्को नाम सिफारिस गर्न भनेर पत्र पठाउछ र त्यसपछि क्रमसंख्या अनुसार सुनिता थापाको नाम पार्टीले नै लेखेर पठाउँछ” लामिछानेले केहि दिनमै पार्टीलाई आयोगले पत्र पठाउने अपेक्षा समेत गरे।
कार्तिक २८ गते काठमाडौँमा उपचारको क्रममा निधन भएकी गौचनको शनिबार अन्तेष्टि गरिएको छ काठमाडौँबाट पोखरा ल्याई गण्डकी प्रदेश सभामा श्रद्धाञ्जली अर्पण गरेपछि उनको शब शनिबार म्याग्दी पुर्याएर अन्तेष्टि गरिएको हो ।
गण्डकी प्रदेशकी कांग्रेस सांसद बिमला गौचनको हृदयघातका कारण निधन