Play

गण्डकी प्रदेशकी कांग्रेस सांसद बिमला गौचनको हृदयघातका कारण निधन

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेशमा नेपाली काँग्रेसकी समानुपातिक सांसद विमला गौचनको निधन भएको छ । गएराती करिब १ बजे काठमाडौँस्थित ग्राण्डी हस्पिटलमा हृदयघातका कारण उनको निधन भएको गण्डकी प्रदेशकी सांसद एबम नेपाली काँग्रेसकी नेत्री सरस्वती गुरुंगले गुरुकुल खबरलाई जानकारी दिईन।

पछिल्लो समय डेंगु रोगका कारण बिरामी परेपछि गौचनको उपचार काठमाडौँस्थित ग्राण्डी हस्पिटलमा भैरहेको थियो। केहि दिनदेखि उपचारमा रहेकी उनलाई मुटु सम्बन्धि समस्या समेत रहेको र गएराती १२ बजे हृदयाघात भएको बुझिएको छ । गण्डकी प्रदेश सभाको अभिलेखमा उनको जन्म २०१८ साल असारमा भएको उल्लेख गरिएको प्रदेश सभाका सचिब प्रेम सुबेदीले जानकारी दिए।

नेपाली काँग्रेस र नेपाल महिला संघमा निरन्तर सक्रिय प्रदेस सांसद गौचन म्याग्दीको पुरानो र ठुलो यति होटलकी संचालक समेत हुन। उनका श्रीमान राम गौचन म्याग्दी कांग्रेसका पुराना र प्रभावशालि नेता थियो। उनको पनि केहि बर्ष अगाडी कम उमेरमा नै निधन भएको थियो।

श्रीमानको मृत्युपछि पनि निरन्तर राजनीति र होटल पर्यटन ब्यवसायमा सक्रिय बिमला गौचनले नेपाल महिला संघको म्याग्दी जिल्ला अध्यक्ष, नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत भएर काम गरेकी थिईन। उनि नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिको सदस्य समेत हुन ।

राजनीतिका अतिरिक्त होटल र पर्यटन ब्यबसाय अनि विभिन्न संघ संस्थामा उनको सक्रियता र योगदान उल्लेखनीय रहेको थियो। बिभिन्न गैर सरकारी संस्थाहरुसंग मिलर काम गर्ने र आफु पनि विभिन्न संघ संस्थामा संलग्न रहने उनको प्रवृतिका कारण उनलाई म्याग्दीमा सामाजिक क्षेत्रमा समेत अग्रणी महिलाको रुपमा लिने गरिन्थ्यो।

राजनीति, होटल पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहेकी बिमलाका एक छोरा अमेरिका रहेको र उनि नेपाल आएपछि मात्र म्याग्दीमा नै अन्त्येष्टि गरिने भएको म्याग्दी नेविसंघका नेता निर्मल खत्रीले गुरुकुल खबरलाई जानकारी दिए। उनका अनुसार पछिल्लो समय होटलको ब्यबस्थापन भने बिमलाकी छोरीले हेर्दै आएकी छिन।

 

२९ कार्तिक २०८१, बिहीबार ०९:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा