Play

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, कांग्रेस बलियो बनाउन नेता कार्यकर्तामा सुधार जरुरी- शर्मा

गुरुकुल खबर


  • शिरोमणी बराल

लम्जुंग, नेपाली काँग्रेसमा रहेर प्रजातन्त्रको लागि निरन्तर योगदान दिएका जेष्ठ नागरिकहरुको संस्था नेपाल प्रजातन्त्र सेनानी संघ लम्जुंगको दोश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताए ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शलाई आत्मसात गर्दै स्थापित नेपाली काग्रेसले आफ्नो सिद्दान्त र आदर्शबाट बिचलित हुन नहुनेमा जोड दिंदै शर्माले पार्टीलाई बलियो बनाउन नेता र कार्यकताहरु नै पहिले सुधारिनुुपर्नेमा जोड दिए अरुलाई दोषारोपण गर्नुु भन्दा आफुमा सुधार अहिलेको आबश्यकता रहेको उनको भनाई थियो।

नेपाली काँग्रेस लम्जुुङका सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश बलियो बन्नुुपर्ने  कुरामा जोड दिंदै संघीयतालाई मजवुत बनाउनको लागि संघिय सरकारले पनि बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताए।

नेपाली काँग्रेस लम्जुुङका पूर्व सभापति एवम् गण्डकी प्रदेशका बन मन्त्री भेषबहादुर पौडेलले अनियमितता र भ्रष्टाचार गर्नेलाई पार्टीले कारबाही गर्नुपर्ने बताए ।

त्यस अबसरमा प्रजातन्त्रको लागि योगदान गरेको भन्दै ऋषिराम बराल, हरिकान्त खनाल, नविन बानिया र भरतकुुमार श्रेष्ठलाई प्रदेश सभापति शर्मा लगायतले सम्मान गरेका थिए ।

प्रजातन्त्र सेनानी संघ लम्जुुङका सभापति शुुभनाथ मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका जिल्ला  उपसभापति दामोदर अधिकारी र आनन्द घिमिरे, नेपाल भुपुु सैनिक संघका जिल्ला सभापति कमल अधिकारी, पार्टीका गण्डकी प्रदेश सदस्य पार्वती तामाङ, समाजसेवी मित्रराज घिमिरे, केन्द्रिय प्रतिनिधि समुन्द्र गोदार, नेपाली काँग्रेस जिल्ला सचिव कृष्णबहादुर अधिकारी, गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बराल, पूर्व मन्त्री डोबाटे विश्वकर्मा, तनहुु जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, लम्जुुङका पूर्व सभापति कृष्णप्रसाद कोइराला, पूर्व सभापति तुलसी नारायण श्रेष्ठ, शंकरकान्त जोशी, पूर्व स्वास्थ्य राज्यमन्त्री डा.रामचन्द्र अधिकारी, पूर्व सांसद रामचन्द्र पोखरेल लगायतलेआआफ्नो भनाई राखेको थिए ।

३० कार्तिक २०८१, शुक्रबार ०९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा