Play

बालपुस्तक विकास मापदण्ड र पुस्तक नीतिबारे अन्तरक्रिया

गुरुकुल खबर


काठमाडौँ, विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबिच मंगलमार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले २०६४ साल‌देखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आबश्यक्ता अनुसार परिमार्जन सहित स्वीकृत गरिने बताईन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोट सम्बधी मापदण्ड २०८१ माथि पृष्ठपोषण सङ्‌कलन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तरक्रिया समेत गरिएको शिक्षा मन्त्रालय स्रोतले उल्लेख गरेको छ।

अन्तरक्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरालाई संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भएका छन । सम्पुर्ण सुझावलाई समेटेर राष्ट्रिय पुस्तक नीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जानकारी दिएको छ।। कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, प्राध्यापक, लेखक, प्रकाशक, वितरक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

२७ कार्तिक २०८१, मंगलवार २१:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा