Play

गगन नेवाः खलको लेखनाथ स्तरीय न्हूँदया भिन्तुना र्याली

गुरुकुल खबर


पोखरा, नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ समितिद्वारा लेखनास्तरीय न्हूँदया भिन्तुना र्याली गरिएको छ । पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगौंडासम्म र्याली आयोजना गरिएको गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले जानकारी दिए ।

नेपाल संवत्को महिमा र गरिमालाई नयाँ पुस्तामाझ पुु¥याउँदै नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धन समेतको उद्देश्य राखी र्याली आयोजना गरिएको उहाँले बताए । र्यालीमा जनप्रतिनिधि राजनीतिकर्मी, शिक्षासेवी, विभिन्न सेवा पेशा र व्यवसायमा आवद्ध व्यक्ति एवम् सर्वसाधारणको उपस्थिति थियो ।

र्यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा संस्कार र संस्कृतिको जगेर्नाका लागि सामुहिक प्रयास आवश्यक भएको बताए ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल संवत् नेपालको राष्ट्रिय संवत्् भएको बताए । उनले भने – हामीले आफ्ना भाषा र संस्कृतिको संरक्षण गर्नुुपर्नेमा जोड दिदै उहाँले कोही कसैले संस्कार र संस्कृति विर्सन हुँदैन। पछिल्ला समयमा मौलिक संस्कृति तथा संस्कार हराउँदै गएकामा पालिखेले चिन्ता व्यक्त गरे ।

गगन नेवाः खलका अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षता एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछाने, गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उत्तममान बज्राचार्य, मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्य, पूर्व अध्यक्ष मेनुुका श्रेष्ठ लगायतले नेपाल संवत्को महत्वबारे आ आफ्ना धारणा राखेका थिए ।

१९ कार्तिक २०८१, सोमबार ०६:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा