Play

प्रेस काउन्सिलका नबनियुक्त सदस्यहरुको पदबहाली

गुरुकुल खबर


काठमाडौँ,  प्रेस काउन्सिल नेपालका नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण तथा पदबहाली गरेका छन । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नवनियुक्त सदस्यद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी तथा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई एक कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका हुन।

लामिछाने र अधिकारी केहि दिन अगाडी मात्र संचार तथा सूचना प्रबिधि मन्त्री पृथ्बीसुब्बा गुरुङको निर्णय अनुसार काउन्सिलको सदस्य नियुक्त भएका हुन् ।

लामिछाने पोखरामा रहेर छापा एबम अनलाइन पत्रकारितामा सक्रिय रहँदै आएका थिए। नेकपा एमालेसंग निकट मानिने लामिछाने हाल नेपाल पत्रकार महासंघ कास्कीको सल्लाहकार पनि हुन। लामिछानेले क्याम्पस तहमा पत्रकारिता विषय पढाउने गरेका छन।

अर्का सदस्य बिजय अधिकारी लम्जुंग घर भएपनि लामो समय देखि काठमाडौँमा रहेरहुन् टेलीभिजन पत्रकारिता गरिरहेका छन् नेपाली काँग्रेस निकट मानिने अधिकारी नेपाल प्रेस युनियनमा पनि आबद्द रहेका छन । अधिकारीले यस अगाडी प्रधानमन्त्री कार्यालयमा मिडिया बिज्ञ समेत रहेर काम गरिसकेका छन।

नेपाल पत्रकार महासंघको अध्यक्ष पनि काउन्सिलको पदेन सदस्य रहने प्राबधान रहेअनुरूप महासंघकी कार्यबाहक अध्यक्ष बाला अधिकारीलाई पनि काउन्सिलको सदस्यको लागि शपथ गराइएको थियो।

यसैबीच अध्यक्ष बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गरेका छन। नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादकका लागि आज काउन्सिलमा आयोजित अभिमुखीकरणमा उनले सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेष फैलाउने गरी गलत सूचना सम्प्रेषण गर्नेलाई काउन्सिलले कानुनी कारबाही गरिरहेको जानकारी दिए ।

 

१४ कार्तिक २०८१, बुधबार ०८:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा