- केशव शर्मा / मेरिल्याण्ड (अमेरिका)
नेपालको पर्बत जिल्लाबाट अमेरिकामा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न व्यक्तित्वहरुको संस्था ‘पर्बत समाज अमेरिका’को छैटौं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले नयाँ कार्यसमितिको अध्यक्ष पदमा रबिन शर्मालाई दोश्रो कार्यकालको लागि पनि अध्यक्ष नै निर्बाचित गरेको छ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मिलन थापा बाँनिया, उपाध्यक्षहरुमा रोशन लामिछाने र सञ्जीव पौडेल तथा महासचिबमा शिवलाल पुरी निर्बाचित भएका छन। कार्यसमितिको सचिवमा ईश्वर श्रेष्ठ, कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा राजेश जिसी निर्वाचित भएको छन। कार्यसमितिमा पदाधिकारी र सदस्यहरु गरि २३ जना रहेका छन।
२२ आश्विन २०८१, मंगलवार १५:५३ मा प्रकाशित