Play

पोखराका भण्डारी रास्वपाको पर्यटन तथा संस्कृति विभागको गण्डकी प्रमुख नियुक्त

गुरुकुल खबर


पोखरा, पोखराका रेडियोकर्मी एबम युवा ब्यबसायी महेश भण्डारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखको जिम्मेवारी दिएको छ पार्टीको गण्डकी प्रदेश समितिले उनलाई विभागको प्रमुख बन्न गत माघमा सिफारिस गरेको भएपनि पार्टीको केन्द्रीय बिभागले गत भदौ २५ गते उनलाई गण्डकी प्रदेशको विभागीय प्रमुख बनाउने निर्णय गरेको थियो।

यसै बीच नबनियुक्त बिभागिय प्रमुख भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा काम गर्ने आफ्नो योजना रहेको बताए।

उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको रुपमा लिएको उल्लेख गरेका छन्।

‘आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गन्तव्य पोखरा गण्डकी प्रदेशको राजधानी समेत हो। यद्यपि यहाँको धार्मिक,पर्यटकीय र सांस्कृतिक पक्षको महत्वबारे हुनुपर्ने गहन अनुसन्धान, प्रचारप्रसार तथा बजारिकरणमा पुराना राजनीतिक दलहरूबाट जति हुनुपर्ने थियो त्यति हुन सकेको छैन। 

उनले भने, ‘समाज र राजनीतिका अगुवाहरूले भइरहेका गन्तव्यको व्यवस्थापन र नयाँ गन्तव्यको खोजीमा पर्याप्त चासो नदिइरहेको अवस्था छ। यस्तोमा नयाँ पुस्तालाई उनीहरूले बुझ्ने भाका र भाषामा प्रदेशमा रहेका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रहरूको बारेमा बुझाउने मेरो प्रयत्न हुनेछ।‘

शुरुवातका दिनमा बामपन्थी विचारबाट प्रभावित भण्डारी गत २०८० माघमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् उनले ५ बर्षअघि तत्कालिन वैकल्पिक पार्टीका रूपमा उदाएको विवेकशील साझा पार्टीबाट राजनीति सुरू गरेका थिए । २०७५ कार्तिक १० गते पोखरामा भव्य कार्यक्रम गरी उज्ज्वल थापा र रविन्द्र मिश्रले माटोको टीका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश संयाेजकको जिम्मेवारी दिएका थिए

२०७८ कार्तिक ११ गते मिश्रले मार्ग परिवर्तन भन्दै राप्रपाको लाइनमा पार्टी लगेपछि भण्डारीले उक्त पार्टी छोडेका थिए। रास्वपामा प्रवेश गरेपछि भण्डारीले भनेका थिए ‘मैले हिजो राजनीतिमा रहँदा कुनै पद वा जिम्मेवारी वा लोभ राखिनँ। आज पनि पहिलेको जस्तै कुनै दुर्भावना नराखी सप्रेम, सगौरव राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिने निर्णयमा पुगेँ।’ भण्डारीले वैकल्पिक अभियानमा जोडिएको बताउँदै आफ्नो लागि पद गौण रहेको बताए ।

२२ आश्विन २०८१, मंगलवार १४:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा