Play

लागु औषध बेचबिखन मुद्दामा पक्राउ परेका पूर्व सांसद ढाका कुमार ७५ हजार धरौटीमा रिहा

गुरुकुल खबर


पोखरा, रास्वपाका पुर्ब सांसद समेत रहेका कास्कीका ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटीमा छुटेका छन। लागु औषध बेचबिखन आरोपमा भदौ २७ गते पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।

उक्त आदेश दिएसँगै ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्माले जानकारी दिए। लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।

९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरिएको बताएका थिए। लागुऔषध बेचबिखनमा पक्राउ परेका श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निष्कासन गरेको थियो।

आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेको भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

११ आश्विन २०८१, शुक्रबार ०७:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा