Play

पोउबासंघमा सदस्यको मतगणना सम्पन्न, सर्बाधिक मत ललितलाई, दोश्रोमा देबेन्द्र र तेश्रोमा सौगात

गुरुकुल खबर


पोखरा, पोखराका उद्योगी ब्यबसायीको छाता संस्थाको रुपमा रहेको पोखरा उद्योग बाणिज्य संघमा नयाँ कार्यसमितिको  सदस्य पदको लागि भएको निर्बाचनको मतगणना सकिएको छ।

मतगणनाको परिणाम अनुसार खुल्ला १० सदस्यको लागि १४ जना बीच प्रतिष्पर्धा भएकोमा ललित कुँवरले सबै भन्दा बढी १ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् भने देबेन्द्र प्रजुले १ हजार ५ सय १६ मत प्राप्त गरि दोश्रो भएका छन् यसैगरी सौगात थापाले १ हजार ४ सय ९४ मत प्राप्त गरेर तेश्रो भएका छन्।

सदस्यहरुले पाएको मत यस प्रकार छ, जसमध्ये कम मत पाएका चार जना पराजित हुन पुगे।

सदस्यहरुको मतगणना सकिएपछि अध्यक्ष र उपमहसचिब पदको मतगणना हुने बताइएको छ।

यस अगाडी नै संघको नयाँ कार्यसमितिको लागि बिभिन्न पदाधिकारी र सदस्य सहित आठ जना निर्बिरोध भएका छन।

जस अनुसार संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उद्योग तर्फको उपाध्यक्षमा दिनेश बाँस्तोला, बाणिज्य तर्फको उपाध्यक्षमा बलराम आचार्य, महासचिबमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ रहेका छन। बाणिज्य तर्फको उपाध्यक्षमा उमेद्वारी दिएका रामेश्वर अधिकारीले उमेद्वारी फिर्ता लिएपछि बलराम आचार्य पनि निर्बिरोध भएका हुन

यसै गरि कार्यसमितिको सदस्यहरुमध्ये कर्पोरेट सदस्य तर्फ बन्दना केसी र राम कंडेल तथा औधोगिक सदस्यमा एक नारायण पौडेल पनि निर्बिरोध भएका छन।

संघको अध्यक्षमा भने हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्व महासचिब अर्जुन पोखरेल बीच प्रतिस्पर्धा भएको हो।

उपमहासचिव पदमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गको बीच प्रतिष्पर्धा भएको छ।

यसबाहेक चारजना वस्तुगत संघ तर्फको सदस्य पदका लागि भने ७ जनाबीच प्रतिस्पर्धा भएकोमा सुर्य घिमिरे, दुर्गा बराल, पृथ्वीराज तिमिल्सिना र नबिन नापित बिजयी घोषित गरिएको छ ।

वस्तुगत तर्फबाट सदस्य पदका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकाल चुनाबी मैदानमा उत्रिएका थिए ।

बस्तुगत तर्फ जम्मा २८ मत रहेकोमा २७ मत खसेको थियो जस अनुसार घिमिरेले २२, बरालले २१ र तिमिल्सिनाले २० मत पाएर बिजयी भए भने नबिन नापित र दिपेन्द्र कोइराला दुबैको १४ /१४ मत आएकोले गोला प्रथाबाट नबिन नापित बिजयी भएका हुन् । अन्य उमेद्वारहरु पूर्णशोभा गुरुङ र लाल प्रसाद ढकालले क्रमश १० र ११ मत पाएका थिए।

 

३० भाद्र २०८१, आईतवार १६:२८ मा प्रकाशित
Nabintech