Play

पोउबासंघमा मतगणना जारी, १ हजार ९ सय मतगणना हुँदा कुन सदस्यको कति मत ?

गुरुकुल खबर


पोखरा, पोखराका उद्योगी ब्यबसायीको छाता संस्थाको रुपमा रहेको पोखरा उद्योग बाणिज्य संघमा नयाँ कार्यसमितिको लागि भएको निर्बाचनको मतगणना आइतबार बिहान बाट जारी छ।

सदस्यहरुको मतगणना सकिएपछि अध्यक्ष र उपमहसचिब पदको मतगणना हुने बताइएको छ।

हाल सम्म १ हजार ५ सय मत गणना भैसकेको छ प्राप्त जानकारी अनुसार हाल खुल्ला तर्फका १० सदस्यको मत गन्ने काम भैरहेको छ।

यस अगाडी नै संघको नयाँ कार्यसमितिको लागि बिभिन्न पदाधिकारी र सदस्य सहित आठ जना निर्बिरोध भएका छन।

जस अनुसार संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उद्योग तर्फको उपाध्यक्षमा दिनेश बाँस्तोला, बाणिज्य तर्फको उपाध्यक्षमा बलराम आचार्य, महासचिबमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ रहेका छन। बाणिज्य तर्फको उपाध्यक्षमा उमेद्वारी दिएका रामेश्वर अधिकारीले उमेद्वारी फिर्ता लिएपछि बलराम आचार्य पनि निर्बिरोध भएका हुन

यसै गरि कार्यसमितिको सदस्यहरुमध्ये कर्पोरेट सदस्य तर्फ बन्दना केसी र राम कंडेल तथा औधोगिक सदस्यमा एक नारायण पौडेल पनि निर्बिरोध भएका छन।

संघको अध्यक्षमा भने हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्व महासचिब अर्जुन पोखरेल बीच प्रतिस्पर्धा भएको हो।

उपमहासचिव पदमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गको बीच प्रतिष्पर्धा भएको छ।

यसबाहेक चारजना वस्तुगत संघ तर्फको सदस्य पदका लागि भने ७ जनाबीच प्रतिस्पर्धा भएकोमा सुर्य घिमिरे, दुर्गा बराल, पृथ्वीराज तिमिल्सिना र नबिन नापित बिजयी घोषित गरिएको छ ।

वस्तुगत तर्फबाट सदस्य पदका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकाल चुनाबी मैदानमा उत्रिएका थिए ।

बस्तुगत तर्फ जम्मा २८ मत रहेकोमा २७ मत खसेको थियो जस अनुसार घिमिरेले २२, बरालले २१ र तिमिल्सिनाले २० मत पाएर बिजयी भए भने नबिन नापित र दिपेन्द्र कोइराला दुबैको १४ /१४ मत आएकोले गोला प्रथाबाट नबिन नापित बिजयी भएका हुन् ।

अन्य उमेद्वारहरु पूर्णशोभा गुरुङ र लाल प्रसाद ढकालले क्रमश १० र ११ मत पाएका थिए।

प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि पनि १४ जनाले उमेद्वारी दर्ता गराएका छन ।

खुल्ला तर्फका सदस्यहरुले  प्राप्त गरेको हाल सम्मको मत विवरण यस प्रकार छ।

 

३० भाद्र २०८१, आईतवार १५:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा