Play

पोउबासंघको अध्यक्षमा कार्की र पोखरेलबीच प्रतिष्पर्धा हुने, उत्तम, दिनेश, शोभा र मनोज निर्बिरोध

सदस्य पदमा कर्पोरेट र औधोगिक तर्फबाट बन्दना, रामप्रसाद र एकनारायण पनि निर्बिरोध हुँदै


गुरुकुल खबर


पोखरा, पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्व महासचिब अर्जुन पोखरेलको उम्मेदवारी परेको छ। संघको निर्बाचन कार्यक्रम अनुसार उनीहरु दुबैले अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएपछि कार्की र पोखरेलबीच चुनाबी प्रतिष्पर्धा हुने निश्चित भएको हो यहि भदौ २८ र २९ गते पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशन हुँदैछ।

संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग तर्फको उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्ष पदमा मनोजकुमार श्रेष्ठको मात्र उमेद्वारी परेको छ। उनीहरुसंग प्रतिष्पर्धा गर्नको लागि अरुको उमेद्वारी नपरेको कारण उनीहरु निर्बिरोध बन्ने भएका छन् तर निर्बाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकि छ।

निर्वाचन समिति संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार निर्वाचन कार्यतालिका अनुसार दाबी विरोधको समय बाँकी रहेको र उमेद्वारहरुमाथि दाबि बिरोध पर्नसक्ने भएकोले निर्वाचन समितिले निर्विरोध भनेर आधिकारिक घोषणा गर्न बाँकी छ ।

वाणिज्य तर्फको उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले उम्मेदवारी दर्ता गराएकोले उनीहरुबीच प्रतिष्पर्धा हुने भएको छ भने उपमहासचिव पदमा बालकृष्ण कोइराला र सुदीप प्रधानाङ्गको बीच प्रतिष्पर्धा हुने भएको छ । कर्पोरेट तर्फका दुईजना कार्यसमिति सदस्य पदमा वन्दना कार्की केसी र रामप्रसाद कँडेलको मात्र उमेद्वारी परेकोले उनीहरु पनि निर्बिरोध बन्ने पक्का छ।

औद्योगिक तर्फको एक सदस्यमा पनि एकनारायण गौतमको मात्र उम्मेदवारी परेको छ तर चारजना वस्तुगत संघ तर्फको सदस्य पदका लागि भने ७ जना प्रतिस्पर्धा हुने भएको छ । वस्तुगत तर्फबाट सदस्य पदका लागि दुर्गा बराल, नवीन नापित, पूर्णशोभा गुरुङ, पृथ्वीराज तिमिल्सिना, सूर्यराज घिमिरे (सुरेश), दीपेन्द्र कोइराला र लालप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि पनि १४ जनाले उमेद्वारी दर्ता गराए । कार्यसमिति सदस्यका निम्ति देवेन्द्र प्रजु, टीकाराम सुवेदी (माधव), ललितजंग कुँवर, भीम गौतम, प्रेमप्रसाद सुवेदी, सौगात थापा, यादवप्रसाद पोखरेल, जीवनप्रकाश श्रेष्ठ, दूधमान गुरुङ (आशीष), लेखनाथ सुवेदी, रामचन्द्र तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिन, विनोद केसी र प्रदीपराज राजभण्डारीले उमेद्वारी दर्ता गराएका छन।

निर्वाचन कार्यक्रम अनुसार सोमबार दाबी विरोध प्रस्तुत गर्ने र भदौ १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोही दिन उम्मेवारी फिर्ता लिने र साँझ ५ बजे अन्तिम नामावली प्रकाशनको कार्यक्रम तय छ ।

१७ भाद्र २०८१, सोमबार १७:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा