Play

सुर्यचन्द्र विकास समाजले मालेपाटनमा खुल्ला तीजगीत प्रतियोगिता गर्ने

गुरुकुल खबर


पोखरा, हरितालिका तीजको पर्वको सन्दर्भमा सूर्यचन्द्र विकास समाज पोखरा- ५ ले १० औं मालेपाटन खुला तीजगीत प्रतियोगिता तथा महिला खेलकुद कार्यक्रम २०८१ गर्न लागेको छ । ‘प्रतियोगितालाई भव्य बनाऔं, संस्कृतिको जगेर्ना गरौ, उद्योग तथा व्यापारिक प्रतिष्ठानको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ बाराही माविको खेल मैदानमा २०८१ भदौ १७ देखि २१ गतेसम्म कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष कमला गौतमले जानकारी दिइन्।

विस २०५१ सालमा स्थापना भएको समाजले ‘भड्कीलो तीज मुक्त क्षेत्र, वडा नम्बर ५ मालेपाटनको घोषणालाई कार्यान्वयन गरौं’ भन्ने अभियान चलाएको छ । समाजले मौलिक लोक संस्कृतिको जगेर्ना गर्न तथा युवालाई गीत र नृत्यको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्न सबै सरोकारवालालाई जुटाएर तीज विशेष कार्यक्रम गर्न लागेको अध्यक्ष गौतमले बताइन् ।

तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान गर्ने टिमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्य तथा भेषभुषा तर्फ समेत नगद पुरस्कार प्रदान गरिएको संस्थाका महासचिव हेमराज भण्डारीले जनाए । प्रतियोगितामा १६ समूहले प्रतिस्पर्धा गर्ने समाजले जनाएको छ ।

समाजले समाजसेवा शिक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने महिला स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ। महिला खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले समाजले यहि भदौ १७ देखि १९ गतेसम्म अन्तर मावि छात्रा भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार र द्वितीय हुने समूहलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १२ समूहले सहभागिता जनाउने छन् ।

पोखरा महानगरपालिका ५ को वडा कार्यालयको विशेष सहयोगमा माता श्री जयलक्ष्मी सुनचाँदी दुकान पोखरा ८ पृथ्वीचोको मुख्य प्रायोजन र सोफा हब पोखराको सहप्रायोजनमा कार्यक्रम हुन लागेको हो । तीज विशेष कार्यक्रमका लागि ९ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको छ । सूर्यचन्द्र विकास समाजको नियमित कार्यक्रमले अरु वडाका बासिन्दा मालेपाटनमा तीज कार्यक्रम हेर्न आउने गरेका छन् ।

( तस्बिर – तीर्थ केसी )

१३ भाद्र २०८१, बिहीबार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा