Play

तीज पर्वमा महिला संघको शुभकामना कार्यक्रम, महिला नेत्रीलाई सम्मान, केहि मनोनित

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसमा आस्था राख्ने महिलाहरुले पोखरामा तीज पर्वको अबसरमा नाचगान र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर मनाएका छन । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा शारदा गिरि नेतृत्वको नेपाल महिला संघ कास्कीको नामबाट कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली काँग्रेस सम्बद्ध पोखरा महानगर र विभिन्न गाउँपालिकाका महिलाहरुको सहभागिता रहेको थियो  कार्यक्रममा नेपाली काँग्रेस र नेपाल महिला संघमा योगदान दिएको भन्दै केहि अग्रज महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्राचीन संस्कार र संस्कृतिको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिंदै नेपाली काँग्रेस पार्टीसँगै नेपाल महिला संघले देशमा प्रजातन्त्रको स्थापनार्थ ठूलो संघर्ष गरेको उल्लेख गरे।

शर्माले प्रजातन्त्रवादीहरूले अन्याय पनि नगर्ने र अर्काले गरेको अन्याय पनि नसहने हुन्छन भन्दै कास्कीमा पनि महिलाहरु अन्यायको बिरुद्ध बोल्नुपर्ने अबस्था रहेको बताए। पोखराको बिपिचोकमा बीपीको शालिक स्थापना गर्दा स्थानीय महिलाहरुको सहयोग र २०४८ सालको चुनाबमा पोखरामा भएको महिला र्यालीको उनले स्मरण गरे।

हाम्रा शास्त्रहरूमा पनि महिलाहरूको मर्यादा भएको ठाउँमा देवताको वास हुन्छ भन्ने उल्लेख भएको बताउंदै प्रदेश सभापति शर्माले तीजको संस्कृति वैदिक सनातन परम्पराको संरक्षणको उद्देश्यसँग जोडिएको स्पष्ट पारे।

नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले २००४ सालमा स्थापित महिला संघको अनवरत संघर्षकै बलमा हाल राज्यका विभिन्न निकायमा ३३ प्रतिशत स्थानमा महिला प्रतिनिधित्व भएको उल्लेख गरिन । उनले नेपाली काँग्रेस र महिला संघको आन्दोलन र संघर्षका कारण महिलाहरु राष्ट्रप्रमुख समेत बन्न सकेको भन्दै महिलाहरुलाई धेरै अवसर प्राप्त भैरहेको र अवसरलाई जिम्मेवारिताका साथ उपयोग गर्नुुपर्नेमा जोड दिईन ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाटले तीज नेपाली महिलाको मौलिक संस्कृति भएको कारण संस्कृतिको जगेर्ना गर्दै मनोरंजन लिनुपर्नेमा जोड दिईन।

कार्यक्रममा पूर्व मन्त्री एवम्  नेपाली काँग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुुर थापाले महिला संघलाई पहिलेकै जस्तो बलियो संस्था बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुुरुङले कांग्रेसलाई बलियो बनाउन महिला संघ बलियो बन्नुपर्ने धारणा राखिन ।

नेपाली कांग्रेस कास्कीका उपसभापति युुवराज कुँवरले अन्यायको बिरुद्दः महिलाहरु बोल्न सक्नुपर्ने बताउंदै तीज पर्ब महिलाहरुले गीत संगीत संगै आफ्नो पिडा र बेदना फुकाउने पर्बको रुपमा मनाउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र न. २ का क्षेत्रीय सभापति केशर निर्दोशी, संबिधान सभाका सदस्य बृृन्दा राना, कार्यक्रमका सभापति शारदा गिरी र नेपाली काँग्रेस कास्की जिल्ला सदस्य एबम महिला संघ कास्कीकी सचिव कमला बरालले लगायतले तीज पर्वको महत्व र कार्यक्रमको औचित्य बारेमा प्रकाश पारेका थिए ।

महिला नेत्रीहरुलाई सम्मान 

कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङ, नेपाली काँग्रेसमा लामो समयदेखि क्रियाशील महिला नेत्रीहरु विन्दुु सुवेदी, जानकी कोइराला, शोभा तिमल्सिना,  रसकुुमारी गुरुङ र सीता अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।

कास्की क्षेत्र न. २ मा गिरि र पोखरा महानगरमा पौडेल सभापतिमा मनोनित 

यसैबीच शारदा गिरि नेतृत्वको उक्त महिला संघले नेपाल महिला संघको कास्की क्षेत्र न. २ को सभापतिमा सुनिता गिरीलाई मनोनित गरेको छ  पोखरा महानगरपालिका -८ निबासी गिरि नेपाली काँग्रेसमा सक्रिय छिन उनि यस अगाडी नेपाल महिला संघको क्षेत्रिय कोषाध्यक्ष समेत भएर काम गरेको बताइएको छ।

यसै गरि संघले नेपाल महिला संघको पोखरा महानगर समितिको सभापतिमा प्रभा पौडेल सुबेदीलाई मनोनोत गरेको छ पोखराको लेकसाइड निबासी पौडेल नेपाली काँग्रेस गण्डकी प्रदेशको आमन्त्रित सदस्य समेत हुन्। उनि लामो समय देखि होटल ब्यबसायमा समेत संलग्न छन।

७ भाद्र २०८१, शुक्रबार २१:४२ मा प्रकाशित
Nabintech