Play

हेम्जा वेलफेयर सोसाइटी अमरिकाको नयाँ कार्यसमिति, अध्यक्षमा ध्रुबराज पौडेल

गुरुकुल खबर


अमेरिका,  कास्कीको पोखरामहानगर पालिका -२५ हेम्जाबाट अमेरिकाको न्युयोर्क क्षेत्रमा पुगेर विभिन्न पेशा र व्यवसायमा संलग्न हेम्जालीहरुको संस्था हेम्जा वेलफेयर सोसाइटीको तेश्रो अधिबेशन हालै सम्पन्न भयो। हेम्जालीहरुको एकता र भातृत्व स्थापना गर्ने र आफ्नो गृह क्षेत्रमा विभिन्न सहयोग गर्ने उद्धेश्यका साथ संस्थाको स्थापना गरिएको हो। अमरिकाको विभिन्न राज्यमा ६ सय भन्दा बढी हेम्जाली रहेको र उक्त संख्या बढ्दै गएको छ।

अधिबेशनले ध्रुबराज पौडेललाई अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको छ। पौडेल यस अगाडी संस्थाको महासचिब रहेर काम गरेका थिए। करिब एक दशक अगाडी अमेरिकाको न्युयोर्क पुगेका पौडेल हेम्जाको बास्कोट चोकका स्थाई बासिन्दा हुन्। नेपालमा रहंदा उनि विभिन्न सामाजिक संघ संस्था र राजनीतिक गतिविधिमा समेत सक्रिय थिए।

अधिबेशनबाट उपाध्यक्षमा पदम दाहाल, महिला उपाध्यक्षमा लक्ष्मी थापा, महासचिबमा विश्व तिमिल्सिना, सचिबमा बिरबहादुर कुँवर, कोषाध्यक्षमा लाल बहादुर जिसी, सदस्य गमबहादुर नेपाली, बिदुर सापकोटा, पदम कुँवर, सुमन बाँस्तोला, सिता तिमिल्सिना समेत निर्बिरोध निर्बाचित भएका छन ।

अधिबेशनमा सोसाइटीका संरक्षक विश्व बास्तोलाले संस्थाको बिगत र बर्तमान अबस्थाको चर्चा गर्दै हेम्जालीहरु र हेम्जाबासीको सुख र दुखमा साथ् दिने उद्देश्यले संस्थाले विभिन्न काम गर्दै आएको बताए।

संस्थाका नबनिर्बाचित अध्यक्ष ध्रुबराज पौडेलले संस्थालाई अमेरिकाको सक्रिय सामाजिक संस्था बनाउने र आफ्नो कार्यकालमा अमेरिकामा रहेका हेम्जालीहरुको तथ्यांक संकलन गर्नुको साथै संसारका विभिन्न मुलुकमा रहेका हेम्जालीहरुको विश्वसम्मेलन समेत न्युयोर्कमा गर्ने सोचाइ रहेको जानकारी दिए।

कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष निरज सापकोटा, कार्यक्रम संयोजक नबिन अधिकारी, समाजसेवी मोहन क्षेत्री, एनआरएनका क्षेत्रिय संयोजक आंगछिरिंग शेर्पा, स्यांग्जा समाजका अध्यक्ष दिनेश भण्डारी, बाग्लुंग समाजका अध्यक्ष सकष जिसी, पोखरा समाजका अध्यक्ष किशोर रेग्मी, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, बलेवा समाजका अध्यक्ष कुमार क्षेत्री लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।

सन् २०१८ मा स्थापना गरिएको संस्थाले अमेरिकामा र नेपालमा विभिन्न सामाजिक र अन्य काम समेत गर्दै आएको छ। हेम्जाका असहाय र बिपन्न व्यक्तिलाई समेत संस्थाले सहयोग गर्दै आएको छ।  यसका साथै संस्थाले हेम्जाको विकास निर्माण, हेम्जामा हुने विभिन्न सामाजिक एबम सांस्कृतिक कार्यक्रम र अमेरिकामा समेत विभिन्न सामाजिक काम गर्दै आएको छ। अमेरिकामा विभिन्न कारणले ज्यान गुमाएका दुई जनाको शब नेपाल पठाउन समेत संस्थाले महत्वपुर्ण सहयोग गरेको नबनिर्बाचित अध्यक्ष ध्रुब पौडेलले जानकारी दिए ।

५ भाद्र २०८१, बुधबार ०८:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा