Play

अस्ट्रेलियाको प्रान्तीय चुनाबमा नेपाली चेली स्नेहालता चुनाब लड्दै

गुरुकुल खबर


अस्ट्रेलिया, अस्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन लागेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसीले  चुनाव लड्ने भएकी हुन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेश सभा पदका लागि आफ्नो उमेदवारी दिन लागेकी छन् । सानैदेखि वृद्धबृद्धाहरु र मानव सेवामा लागेकी उनी जेरियाट्रिक नर्सिङमा चासो राख्थिन् ।

स्नेहालाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट सम्बोधन गर्न लगाइएको थियो । उनले अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै चकित समेत भएका थिए।  स्नेहाले त्यहाँकै भाषामा आफ्नो उत्कृष्ट अभिव्यक्ति दिँदै सबैको ध्यान आफुतिर केन्द्रित गर्न सफल भएकी थिइन् । उनले उनीसँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य तीनजना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए ।  जसमा भोटिङ चेक  पाँच सदस्यीय प्यानलमा तीनद्वारा अन्तर्वार्तासँगै पाँचजना जनताबाट प्रश्नत्तोर कार्यक्रम राखिएको थियो ।

अष्ट्रेलिया क्यापिटल  ट्रेटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्षसम्म एउटै पार्टीको सरकार भए पनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा वितृष्णा छाउँदै गएपछि त्यहाँ अहिले नयाँ राजनीतिक दल स्थापना हुने क्रम जारी छ ।  क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउँदै गएको बितृष्णा र निराशाले नयाँ दलप्रति बढ्दो आकर्षण रहेको जनाइएको छ ।

विगत २८ वर्ष देखी निरन्तर सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीको विकल्पको खोजीमा त्यहाँका जनताहरु रहेको बताइएको छ । इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् । उनी त्यहाँ स्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहमा चुनावमा होमिएकी हुन् ।

त्यहाँका मतदाताले नै उनको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् ।  नेपालको नेपालगन्जमा जन्मिएकी स्नेहा पहिलादेखि नै अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनी त्यहाँको बासिन्दा भैसककी छन् । उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् ।  स्नेहा  नेपालमा हुँदा रजिस्टर्ड नर्स थिइन् । उनी अभिनेतृ समेत हुन् । उनले नाम चलेका  विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिन्य समेत गरिसकेकी थिइन् । उनी पुर्व सञ्चारकर्मी समेत हुन् । उनले हिमालय टेलिभिजनमा समेत काम गरिसकेकी छन् ।

१४ श्रावण २०८१, सोमबार ०८:३४ मा प्रकाशित
Nabintech