Play

श्रावण कृष्णपञ्चमी देखि भाद्र कृष्णअष्टमीसम्म श्रीकृष्ण कथा प्रवचन हुँदै, कलशयात्रा सम्पन्न

गुरुकुल खबर


पोखरा, श्रीकृष्ण प्रणामी सेवा समिति पोखरा -८ ले यहि श्रावण १० गते श्रावण कृष्णपञ्चमी देखि भदौ १० गते भाद्र कृष्णअष्टमीसम्म पोखराको रत्नचोकमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन गर्ने भएको छ श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा एक महिनासम्म हुने उक्त कार्यक्रमको सन्दर्भमा बुधवार पोखरामा कलश यात्रा सम्पन्न गरिएको छ।

श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा, चरक हस्पिटल, इन्द्रपुरी टोल, जनप्रियमार्ग हुँदै पुन श्रीकृष्ण प्रणमी मन्दिरमा पुगी सम्पन्न भएको श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । कलश यात्राको कार्यक्रम संयोजन बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुलीले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण बरालले गरेका थिए।

अध्यक्ष ढकालका अनुसार एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजबाट संगीतमय कथा प्रवचन हुने छ।

यसैविच उक्त कार्यक्रमको श्रावण १० गते बिहिबार गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले उद्घाटन गन कार्यक्रम रहेको श्रीकृष्ण प्रणामी सेवा समिति श्रीकृष्ण मन्दिर पोखरा ८ का निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मीले जानकारी दिए।

९ श्रावण २०८१, बुधबार २०:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा