Play

पोखरा -२३ माझथुममा बिपी स्मृति दिवसमा नेपाली काँग्रेसको वृक्षरोपण कार्यक्रम

गुरुकुल खबर


पोखरा,  नेपाली काँग्रेसका संस्थापक एबम प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औं स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस कास्की क्षेत्र न. ३ प्रदेश ख को आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भयो।

पोखरा महानगरपालिका-२३ सिद्धबराह तपोवन क्षेत्र, माझथुममा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमको लागि बिभिन्न जातका १ सय ५० जति बिरुवा लगिएकोमा केहि बिरुवा आइतबार नै रोपिएको थियो भने केहि बिरुवा आबश्यकता अनुसार  जग्गाको ब्यबस्थापन गरि केहि दिन भित्र रोप्नको लागि हस्तातरण गरिएको छ।

सिद्दबराह तपोवन क्षेत्रमा हाल १ सय ८ फीटको हनुमानको मुर्ति सहित अन्य मन्दिरहरु पनि निर्माण र बिस्तारको क्रममा रहेका छन् भने त्यहाँ संचालित गुरुकुलमा बिभिन्न जिल्लाबाट आएका ससाना बिद्यार्थीहरु अध्ययनरत छन।

वृक्षरोपण गर्नुपुर्व आयोजित समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, प्रदेश ख का सभापति जीवनाथ पौडेल ‘शंकर’, पोखरा महानगरपालिका -२३ का वडाध्यक्ष रामकाजी गुरुङ, नेपाली काँग्रेस पोखरा -२३ का सभापति भरत भण्डारी  र प्रदेशका सचिब बाबुराम भण्डारी लगायतले बिपी कोइरालाको व्यक्तित्व र कृतित्वबारेमा चर्चा गरेका थिए। कार्यक्रममा सिद्दबराह गुरुकुलका प्रधानाध्यापक हरिलाल पौडेलले बिपी कोइरालाको स्मृतिमा कविता बाचन गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुँवर, पार्टीका गण्डकी प्रदेश सदस्यहरु सिता गुरुङ, जीबन बाँस्तोला, आमन्त्रित सदस्यहरु भेषराज पराजुली र खिमलाल बाँस्तोला, कास्की -३ का क्षेत्रिय सभापति मनोज गुरुङ, जिल्लाका सहसचिब शंकर ढुंगाना सदस्य सिता शर्मा, हरी लामिछाने लगायतको सहभागिता रहेको थियो।

 

६ श्रावण २०८१, आईतवार २३:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा