Play

स्पेनको बार्सिलोनामा पोखराका शंकर र दिपक सहितका युवाको नयाँ रेस्टुरेन्ट

गुरुकुल खबर


बार्सिलोना (स्पेन), विभिन्न मुलुकमा रहेका नेपालीहरु विभिन्न ब्यबसायिक क्रियाकलापमा संलग्न हुने क्रममा स्पेनमा रहेका तिन जना युवाले पर्यटकिय शहर बार्सिलोनामा नयाँ ब्यबसाय शुरु गरेका छन।

पोखरा -१३ आर्बा घर भई करिब एक दशकदेखि त्यहाँ रहेका शंकर बराल सहितका युवाको संयुक्त लगानीमा गान्धी इन्डियन रेस्टुरेन्ट एण्ड बार संचालनमा ल्याएका छन । संचालकमा बराल सहित दिनेश गिरि र दिपक बस्नेत रहेका छन ।दिपक बस्नेत पनि पोखराको लेखनाथबाट स्पेन गएर बसेका युवा हुन भने दिनेश गिरीको नेपाल घर रामेछाप हो। गिरीले स्पेनमा अन्य स्थानमा पनि रेस्टुरेन्ट संचालन गर्दै आएका छन ।

बार्सिलोना फुटबल क्लबको नजिकै शुक्रबारबाट संचालनमा आएको उक्त रेस्टुरेन्टमा इण्डियन एब नेपाली खानाका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध हुनेछन ।

करिब २०० जनाको सिट क्षमता भएको र पार्टिहल सहितको सुबिधा रहेको उक्त रेस्टुरेन्टमा विभिन्न संघ संस्थाका बैठक, भेला, बिबाह, ब्रतबन्ध सहित उत्सब मनाउने र रमाइलो कार्यक्रम गर्न सकिने हल तथा क्याटरिंग सहितको सुबिधा रहेको संचालक शंकर बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

५ श्रावण २०८१, शनिबार ०७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा