Play

पर्यटकिय राजधानी पोखरामा अन्तराष्ट्रियस्तरको किचन ल्याब संचालनमा

गुरुकुल खबर


पोखरा,  गुणस्तरीय होटलको लागि अत्याबश्यक कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो ।

सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको छ। विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउने काम संस्थाले गर्दै आएको छ ।

संस्थाले हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन गरेको र उत्पादित जनशक्ति बेरोजगार नरहेको संचालकहरुको भनाई छ ।

किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताए ।

बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई ब्यबहारिकतामा उतार्न आग्रह गरे ।

होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले आर.के.हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताउँदै विद्यार्थीहरूले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

आर.के.हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा प्रशिक्षक आर.के.लामाले देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको जानकारी दिए ।

विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उनले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताए ।

“कुकिङ एउटा साधारण सिप मात्र होइन, यो एउटा मूल्यवान कला पनि हो”, उहाँले भन्नुुभयो, “राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।” कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँ लगायतले बधाइ तथा शुुभकामना व्यक्त गरेका थिए  ।

२४ असार २०८१, सोमबार १५:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा