Play

किसान महासंघ कास्की वडा अधिबेशनको तयारीमा, पोखरा – १७ को अध्यक्षमा यामबहादुर

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको भात्री संस्था नेपाल किसान महासंघ कास्कीले महासंघको केन्द्रीय समितिको निर्णय अनुसार कास्की जिल्लाका विभिन्न वडामा अधिबेशन गर्ने प्रक्रिया शुरु गरेको छ। यसक्रममा कास्कीका ३ वटा निर्बाचन क्षेत्रमा पनि विभिन्न वार्डमा अधिबेशन शुरु भएको र आगामी भदौ महिनाको दोश्रो साता सम्म ७२ वटा वडाको अधिबेशन सम्पन्न गर्ने लक्ष राखिएको छ ।

यस अगाडी कास्की जिल्ला समितिले कास्कीको क्षेत्र न १ मा धनेश्वर नेउपाने, क्षेत्र न, २ मा माधब चापागाईं र क्षेत्र न ३ मा शिब अधिकारीलाई क्षेत्रिय सभापति मनोनयन गरेर तिन वटै क्षेत्रका वडामा वडा अधिबेशन गर्न वडा प्रतिनिधि समेत तोकिसकेको छ । जिल्ला र क्षेत्रको संयुक्त बैठकले वडा अधिबेशनको लागि वडा प्रतिनिधि चयन गरेको थियो।

सोहि अनुरुप कास्की जिल्लाका विभिन्न वडाको अधिबेशन गर्ने अभियान शुरु भएको र यस क्रममा महासंघको क्षेत्र न २ समितिले पोखरा महानगरको वडा न. ३३ , ७ र १७ मा अधिबेशन गरेको र अन्य क्षेत्रमा पनि वडा अधिबेशन शुरु गरिएको बुझिएको छ ।

किसान महासंघको केन्द्रीय समिति झन्डै डेढ वर्ष अगाडी बनेपछी ७७ वटा जिल्ला समिति समेत बनिसकेको छन। कस्किबता केन्द्रीय समितिमा कांग्रेसको महाधिबेशन प्रतिनिधि नम्रता बरालले प्रतिनिधित्व गरेकी छन कास्की जिल्ला समितिको बिस्तार गत मंसिर २१ गते भएको भएपनि तल्लो तहसम्म संगठन विस्तार गर्ने कार्य भने हालै मात्र शुरु गरिएको छ।

यसैबीच  किसान महासंघको पोखरा महानगरपालिका वडा न. १७ को अधिबेशन हालै सम्पन्न भएको छ ।अधिबेशनले वडा अध्यक्षमा याम बहादुर राना, उपध्यक्षमा गुरुप्रसाद बराल, सचिबमा ऋषिराम बराल, सहसचिबमा अन्जना बोगटी, कोषाध्यक्षमा गायत्री अर्याल तथा सदस्यहरुमा नरनाथ बराल, लालु प्रसाद उपाध्याय, गुरु रेग्मी , शिला सिग्देल,बिष्णु बहादुर कार्की र इन्द्रकला थापा सहित ११ जनालाई निर्बिरोध चयन गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले काँग्रेसका भात्री संस्था बलियो भएमात्र पार्टी बलियो हुने भन्दै किसान महासंघलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए । उनले महासंघले किसानका मुद्दामा ध्यान दिन आग्रह गर्दै  कृषि क्षेत्रको विकासमा सरकारको ध्यान जानुपर्ने बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रबक्ता माधब प्रसाद बाँस्तोलाले कृषकहरु ब्यबसायिक बन्न आग्रह गर्दै किसानले भोग्नुपरेका समस्या समाधानको लागि महासंघले आवाज उठाउनुपर्नेमा जोड दिए ।

नेपाल किसान महासंघकी केन्द्रीय सदस्य नम्रता बरालले कृषकका एजेण्डा उठाउन सके पार्टी पनि बलियो हुने बताइन  ।उनले महासंघको केन्द्रको निर्णय अनुसार असार १५ मा सबै जिल्लामा कार्यक्रम गर्ने जानकारी दिंदै महासंघको गतिविधिबारेमा जानकारी दिईन ।

कार्यक्रममा महासंघका कास्की जिल्ला अध्यक्ष पुन्डरी बरालले असार १५ मा पोखराको बिरौटा फाँटमा रोपाईं महोत्सब गर्ने जानकारी दिंदै तयारीमा लाग्न वडाका सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य कोपिला तिवारीले किसान महासंघले किसानको समस्यालाई लिएर आवाज उठाउन र आबश्यकता अनुसार सम्बन्धित सरकारी कार्यालयमा पुगेर दवाब दिनुपर्नेमा जोड दिंदै काँग्रेसलाई बलियो बनाउन भात्रीसंस्थाहरु बलियो हुनुपर्ने बताईन ।

किसान महासंघका क्षेत्रिय सभापति  माधवप्रसाद चापागाईंको सभापतित्वमा सम्पन्न  कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य श्याम भण्डारी, किसान महासंघका जिल्ला सचिब लिला प्रसाद पगेनी र रामप्रसाद सुबेदी लगाएतले आआफ्नो भनाइ राखेका थिए। अधिबेशन सहजीकरण गर्न नारायण प्रसाद अधिकारी, बिक्रम भण्डारी र रामप्रसाद सुबेदी तिन जनाको सहजीकरण समिति बनेको थियो ।

२ असार २०८१, आईतवार ०८:१७ मा प्रकाशित
Nabintech