Play

जयनेपाल फाउन्डेसनद्वारा नेपालको आर्थिक अबस्था बारेमा छलफल

गुरुकुल खबर


अमेरिका — जय नेपाल इन्टरनेशनल फाउन्डेसनले “नेपालको आर्थिक अवस्था र बजेट” विषयमा केन्द्रित रहेर हालै एक वेबिनार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, अर्थशास्त्री, प्राध्यापक, विद्यार्थी, जनप्रतिनिधि लगायत संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै  राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एबम अर्थशास्त्री डा. विश्व पौडेलले नेपालमा विभिन्न योजनाहरू समयमा सम्पन्न नहुँदा लागत बढ्ने अनि गुणस्तर कमजोर हुने अबस्था रहेको बताउंदै जुनसुकै योजनाको पनि गुणस्तर कायम गर्न सके, समयमा नै काम सम्पन्न गर्न सके र लागत बढ्ने अवस्था आउन नदिएमा बिकासले गति लिने बताए । नेपालमा सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुन सके नागरिकले सस्तोमा नै  स्वास्थ सुबिधा  पाउने भन्दै डा पौडेलले  कृषि, यातायात, भौतिक पूर्वाधार, उद्योग लगायतका क्षेत्रमा दीर्घकालीन योजना बनाएर लैजानु पर्नेमा जोड दिए।

अमेरिकाको रोवान विश्वविद्यालयका सह-प्राध्यापक डा. कुल काप्रीले विश्वको अर्थतन्त्र र नेपालको अवस्थाको बारेमा जानकारी दिँदै नेपालले आफ्नो अवस्था अनुसार अर्थतन्त्रको विकास गर्न पाइला चाल्नु पर्ने बताए । डा. काप्रीले नेपालले विश्व बजारमा निर्यातमूलक वस्तु तयार गरी पठाउनुका साथै हिमालबाट बग्ने शुद्ध पानीलाई प्याक गरेर पठाउने, विश्वमा द्रुत गतिमा विकास भइरहेको आइटी क्षेत्रमा लगानी मैत्री वातावरण बनाउनु पर्ने बताए।

वेबिनारमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, अमेरिकामा कार्यरत सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोक, एक गौतम, जय नेपाल इन्टरन्याशनल फाउन्डेसनका कोषाध्यक्ष गोविन्द श्रेष्ठ, जय नेपाल इन्टरन्याशनल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा. डिल्ली बन्जाडे, अनिता परियार, भावुक राज न्यौपाने, अरुण कुमार सुबेदी, वंशलाल मोक्तान लगायतले आफ्नो सुझाव तथा धारणा राखेका थिए ।

कार्यक्रम डा. नीरज श्रेष्ठले संचालन गरेका थिए भने जय नेपाल इन्टरन्याशनल फाउन्डेसन अध्यक्ष डा. यादव पण्डितले सबैलाई धन्यवाद दिएका थिए। जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले यस अघि स्मार्ट सिटी अवधारणाबारे पनि वेबिनार आयोजना गरेको थियो।

१७ जेष्ठ २०८१, बिहीबार २०:३२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा