Play

क्षत्री समाजको चौथो महाधिबेशनबाट बन्यो नयाँ समिति, अध्यक्षमा रिबबहादुर थापा

गुरुकुल खबर


पोखरा, क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका सामाजिक कार्यकर्ता एबम ब्यबसायी  रिवबहादुर थापाको अध्यक्ष रहेको नया कार्यसमिति निर्बिरोध रुपमा चयन गरेको छ। पोखरामा रहेर विभिन्न ब्यबसायिक प्रतिष्ठानमा समेत संलग्न थापा क्षेत्री समाजको स्थापनाकाल देखि नै उक्त संस्थामा सक्रिय थिए ।

पोखराको महेन्द्रपूल स्थित अन्नपुर्ण सुपरमार्केटका संचालक रहेका थापा पोखरामा संचालित सुनौलो एफएमका पनिहुन् एक संचालक हुन । उनि अन्य विभिन्न संघ संस्था र ब्यबसायिक संस्थामा सक्रिय छन ।

समाजको उद्देश्य अनुसार कार्य गर्ने गरी समाजलाई अगाडी बढाउन नवनिर्वाचित कार्यसमिति सकृय रहने अध्यक्ष रिवबहादुर थापाले बताए ।  २०५३ सालमा स्थापना भएकाे क्षत्री समाजले खस क्षत्रीहरुको साझा संस्थाको रुपमा राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि देशभर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको समेत उनले जानकारी दिए ।

महाधिबेशनबाट गठित नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला) अमृतदेवी वानिया प्रदेश अन्तर्गत उपाध्यक्षहरुमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भए ।

यसैगरी समितिको महासचिवमा पोखराका कृष्णबहादुर थापा, कोषाध्यक्षमा पदमबहादुर कार्की, लेखा समितिकाे अध्यक्षमा शंकरबहादुर के.सी. र लेखा समिति सचिवमा पदमबहादुर के.सी निर्वाचित भए ।

समितिका पदाधिकारी सहित ४१ सदस्यीय  केन्द्रीय समिति सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाले जानकारी दिएका छन् ।

यसैबीच तनहुँको दमौलीमा सम्पन्न महाधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम पोखरामा पनि सम्पन्न भएको छ । कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष प्रा.डा दिलबहादुर क्षेत्री, प्रा.डा चन्द्रबहादुर थापा, पूर्वमन्त्री एवं सल्लाहकार कुमार खडका, शाेभियतबहादुर अधिकारी, प्रेमबहादुर जि.सी, अध्यक्षका प्रत्यासी पूर्व महासचिव केशबहादुर के.सी, लुम्विनी प्रदेश अध्यक्ष पृथ्वी फौजदार, गण्डकी प्रदेश अध्यक्ष ईन्द्रमान खत्री, महिला समाज अध्यक्ष उर्मिला खड्का, तनहुँ जिल्ला अध्यक्ष शम्भु अधिकारी, युवा समाजका केन्द्रीय अध्यक्ष दीपम गाेदार, भुपू समाजका अध्यक्ष मानबहादुर थापा लगायतले समाजको गरिमालाई देशव्यापी बढाउनुपर्नेमा जोड दिए ।

निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समिति सदस्य गणेशबहादुर अधिकारी, यामबहादुर खत्रीले निर्वाचनसम्वन्धी धारणा राखेका थिए ।  केन्द्रीय महाधिवेशनमा देशभरबाट ४६ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

१८ बैशाख २०८१, मंगलवार ११:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा