Play

चापाकोट पोखरा सेवा समाजको शुभकामना कार्यक्रम, समाजलाई थप सक्रिय बनाउने प्रतिबद्दता

गुरुकुल खबर


पोखरा, कास्कीको चापाकोट (तत्कालिन चापाकोट गाबिस र हाल पोखरा महानरपालिका-२३) बाट पोखरामा आएर विभिन्न पेशा र ब्यबसाय गरि बस्नेहरुको साझा संस्था ‘चापाकोट पोखरा सेवा समाज, पोखरा’ले आउदै गरेको नयाँ बर्ष २०८१ को सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो ।

बुधबार बिहान आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विश्वेस्वर पराजुलीले संस्थाले विभिन्न रचनात्मक काम गर्दै आएको जानकारी दिंदै चापाकोटबाट पोखरामा आएर बसोबास गर्नेहरुको साझा चौतारीको रुपमा समाजलाई अगाडी बढाउने प्रयास भैरहेको बताए। उनले सबै नेपाली जनताको सुख शान्ति र समृद्धिको लागि नया बर्षको अबसरमा मात्र नभएर सदैब कामना गर्न सके राम्रो हुने बताए ।

संस्थाका सल्लाहकार एबम चापाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज पराजुलीले समाजले केहि समय देखि रचनात्मक पहल गर्दै आएको बताउंदै व्यक्तिगत स्वार्थ पुरा गर्न संस्थामा लाग्नेहरुबाट संस्था जोगाउनुपर्ने कुरा बताए।

संस्थाका अर्का सल्लाहकार पदमपाणी देबकोटाले समाजले धेरै काम गर्नसक्ने सम्भावना रहेको बताउदै आपसी सल्लाह र सहमतिमा संस्थाका कार्यक्रमहरु तय गर्नुपर्ने बताए ।

संस्थाका अर्का सल्लाहकार तथा पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीले चापाकोट क्षेत्रबाट पोखराआएर बस्नेहरु राजनीतिक रुपमा, जातीय रुपमा, लैंगिक रुपमा, पेशागत रुपमा तथा आफ्नो सौखको रुपमा विभिन्न दल र संस्थामा विभाजित हुनेगरेको भएपनि चापाकोट पोखरा सेवा समाजलाई सबैको साझा मंच बनाएर चापाकोट क्षेत्रको आर्थिक, शैक्षिक, सामाजिक तथा भौतिक बिकासको लागि पहल गर्नेहो भने धेरै काम हुनसक्ने बताए ।

समाजका उपाध्यक्ष क्या. मानकाजी गुरुंगले समाजले केहि दिन अगाडी रक्तदान कार्यक्रम गरेको र अन्य सामाजिक काममा समाजको ध्यान गएको बताउंदै समाजले सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

तत्कालिन चापाकोटका पूर्व उपाध्यक्ष कृष्ण बहादुर गुरुंगले संस्थाको पदीय जिम्मेवारीमा बस्ने तर जिम्मेवारी अनुरुप काम नगर्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए ।

समाजका सचिब दिपकप्रसाद पराजुली र कोषाध्यक्ष हरिराम पराजुलीले समाजका गतिबिधि अगाडी बढाउन आबश्यक छलफल र गृहकार्य भैरहेको बताउंदै समाजमा सदस्य एबम आजिबन सदस्यहरु निरन्तर थप भैरहेको जानकारी दिए ।

समाजका अर्का सल्लाहकार हरीप्रसाद शर्मा,  कार्यसमितिका सदस्यहरु रामराज पराजुली,जीवनाथ लामिछाने, अन्जु पराजुली, तेजप्रसाद सुबेदी र समाजका सदस्यहरु अग्निधर पराजुली, शंकर प्रसाद अर्याल, रुद्र प्रसाद पराजुली, मोतिलाल पराजुली, कृष्णमोहन पराजुली, बासुदेब पराजुली लगाएतले समाजलाई सबैको भरोसा गर्न मिल्ने संस्थाको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए।

यसैगरी शालिग्राम देबकोटा, तिलकुमारी देबकोटा, शारदा देबकोटा, उजेली पराजुली, रघुनाथ लामिछाने, दामोदर पराजुली, विष्णुप्रसाद पौडेल, सोमनाथ लामिछाने र मणिरत्न पराजुली समेतले आउदै गरेको नयाँ वर्ष सबैको लागि सुखद बन्न सकोस भन्ने कामना गरेका थिए।

२८ चैत्र २०८०, बुधबार १५:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा