Play

कास्की आदर्श समाज कतारको सम्मान र शुभकामना कार्यक्रम सम्पन्न

गुरुकुल खबर


दोहा, कतार।  कास्की जिल्लाबाट कतारमा पुगेर विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरुको संस्था कास्की आदर्श समाज कतारले संस्थालाई बिभिन्न किसिमबाट सहयोग गर्नेहरुलाई सम्मान गर्नुको साथै सुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकोछ। सन् २००२ मा ‘कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नारा सहित संस्थाको स्थापना गरिएको थियो । कास्की आदर्श समाज दोहा, कतारको पुरानो संस्था समेत हो ।

संस्थाले गैर आवासीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागको समन्वयमा गतवर्ष मुस्लिम धर्मालम्बीहरुको ठूलो पर्व बकरईदको अवसर पारेर आयोजना गरेको अन्तर नेपाली समुदाय भलिबल प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गर्नुको साथै अंग्रेजी नया बर्ष सहित नेपाली चाडपर्बको समेत सन्दर्भ पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा सहयोगदाताहरुलाई मायाकाे चिनाे, सम्मान पत्र, कदर पत्र, ढाकाटाेपि र खादाले सम्मान गरिएकाे थियाे। साथै संस्थाकाे आजिवन सदस्यता लिएका नया सदस्यहरुलाई सस्थाकाे सदस्यताकाे प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे।

कार्यक्रममा नेपाली राजदुताबास कतारका प्रथम सचिब कृष्णकुमार सुबेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिशेष आतिथिको रुपमा गैरआबाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मी, उप-महासचिब प्रविन गुरुङ,गैरआवासिय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत त्यहाँ रहेका नेपालीहरुको बाक्लो उपस्थिती थियो।

प्रमुख अतिथि सुबेदीले पोखराको प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनाको बारेमा चर्चा गर्दै कास्की र पोखराको बिकासको लागि आफु समेत सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमका बक्ताहरुले कास्की र पोखराको समग्र बिकाशको लागि आफुहरुको तर्फबाट आबश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउदै पोखराको पर्यटकीय सुन्दरता जोगाउन पोखरेली सहित सरकारका निकाय लाग्नुपर्नेमा जोड दिएका थिए ।

कास्की आदर्श समाज गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल,नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, नेपाली महिला समाजकी अध्यक्ष माया केसी, प्रबासी नेपाली मंच कतारका उपाध्यक्ष प्रेम बिश्वकर्मा, प्रबासी नेपाली एकता मंचका अध्यक्ष माेहम्मद मुत्तदा,माछापुच्छ्रे बैंक कतारका प्रतिनिधि बिजयराज अधिकारी,  भारतीय समाजका सल्लाहकार सन्जिब शर्मा, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ,समाजसेबी क्रान्ति शिंह, करिम बकस मिया, झबिन्द्र बेल्बासी, झबिन्द्र आचार्य, अमिर श्रेष्ठ, पर्वत सेवा समाजका बरिष्ठ उपाध्यक्ष आनन्द जिसी, गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरुङ,  मोना कतार म्याग्दीका का.बा अध्यक्ष बाबुराम भण्डारी,  तनहुँ सेवा समाज कतारका अध्यक्ष पदम गिरी, स्याङ्जा सहयोग समाज कतार अध्यक्ष प्रकाश परियार,  लमजुङ सेवा समाज कतारका अध्यक्ष सिताराम थापा, बागलुङ सेवा समाज कतारका अध्यक्ष निराजन गौतम, दलित एकता संजालका अध्यक्ष किरण परियार, संचारकर्मी सोम थापा, मधेशी एकता समाज कतारकाअध्यक्ष शिव कुमार महतो, गुल्मी सेवा समाज कतारकाअध्यक्ष कमल आर्याल , बिश्वकर्मा समाज कतारका अध्यक्ष सेवक विश्वकर्मा, नेपाल मगर संघ कतारका प्रतिनिधि रबिना मगर, नौमती बाजा समुहका प्रतिनिधि सुनिल परियार लगाएतले कतारमा रहेका सबै संस्थाहरु मिलेर नेपालको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

कास्की आदर्श समाज कतारका अध्यक्ष अगन्धर देबकोटा (अग्नि) को अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिब बिष्णु तिमिल्सिनाले गरेका थिए।

३० फाल्गुन २०८०, बुधबार १०:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा