Play

कास्कीमा शिक्षक संघको प्रतिनिधिसभा शनिबार हुने

गुरुकुल खबर


नेपाली काँग्रेस सम्बद्ध शिक्षकहरुको संस्था नेपाल शिक्षक् संघ कास्कीको २५ औं प्रतिनिधिसभा शनिबार पोखरामा हुने भएको छ।  शिक्षक संघको बार्षिक योजना र कार्यक्रम बनाउने र संघको वर्षभरिको गतिविधिको समिक्षा गर्ने कार्यक्रमको रुपमा प्रतिनिधि सभालाई लिने गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने  जानकारी नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले गुरुकुल खबरलाई दिए ।  कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेता हरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

अध्यक्ष क्षेत्रीका अनुसार प्रतिनिधि सभामा कास्की जिल्लाका ४ वटा गाउँ पालिका र पोखरा महानगरपालिकाका विभिन्न बिध्यालयमा कार्यरत शिक्षकहरु मध्ये बाट शिक्षक प्रतिनिधिको रुपमा रहेका करिब ३ सय जनाको सहभागिता रहने छ।

प्रतिनिधि सभामा संघको नेत्रित्वमा रहेर उत्कृष्ट काम गरेका शिक्षक्हरु र उत्कृष्ट बिध्यालयहरुलाई सम्मान समेत गरिने कार्यक्रम रहेको छ।  यसको साथै संघको जिल्ला सचिब तारा भण्डारीले संघको सांगठनिक प्रतिबेदन र अर्थ सचिब निर्मल आचार्यले संघको चालु आर्थिक बर्षको बजेट र कार्यक्रम संगै आगामी आर्थिक बर्षको अनुमनित बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम पोखरा उद्याग बाणिज्य संघको सभाहलमा बिहान ११ बजे पछि हुने गरि तय गरिएको छ।

१८ फाल्गुन २०८०, शुक्रबार २०:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा