Play

अमेरिकाको लंग आइल्याण्ड नेपाली समाजभित्र कडा प्रतिष्पर्धा, गौलीको समूह बहुसंख्यक पदमा बिजयी

गुरुकुल खबर


अमेरिका  । अमेरिकाको  न्युयोर्क राज्यमा रहेको लंग आइल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था लंग आइल्याण्ड नेपाली समाजको सातौं अधिबेशनबाट कुल प्रसाद (राजन) गौली अध्यक्ष पदमा बिजयी भएका छन् ।  अधिबेशनले २१  सदस्यीय  नयाँ कार्यसमिति निर्बाचित गरेको छ।

अध्यक्ष पदमा राजन गौलीले उनका प्रतिष्पर्धी बाबुराम शर्मालाई ५३ मतले पराजित गरेका हुन् ।  गौलीले दुइ सय ९३ मत प्राप्त गर्दा शर्माले दुइ  सय ४० मत मात्र प्राप्त गर्न सफल भए।  कुल सात सय आठ  मतदाता रहेपनि पांच सय ३४ मत मात्र खसेको निर्बाचन समितिले जनाएको छ ।

गौली र शर्माको नेत्रित्वमा बनेका दुइवटा प्यानल बीच भएको निर्बाचनमा गौली  प्यानलका उमेद्वारहरु नै बहुसंख्यक पदमा निर्बाचित भएका छन् शर्मा प्यानलबाट एक जना उपाध्यक्ष र एकजना सचिब अनि तिन जना सदस्य मात्र निर्बाचित भएको बताईन्छ ।

गौली यस अगाडी बसन्त चापागाईं अध्यक्ष रहेको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेको थिए भने बाबुराम शर्मा महासचिब रहेका थिए उनीहरु दुइजनालाइ त्यस क्षेत्रमा बसोबास गर्दै आएका स्थापित नेपालीहरुले चुनाबी मैदानमा उतारेका थिए । गौली लाई सोहि संस्थाका संस्थापक महासचिब दुर्गेशजंग कार्कीले र शर्मालाई संस्थाका सल्लाहकार समेत रहेका नेपाली काँग्रेसका नेता बेद खरेल सहित बिश्वराज बाँस्तोलाले चुनाबी मैदानमा उतारेको बुझिएको छ।

राजनीतिक रुपमा हेर्ने हो भने गौलीलाई माओबादी नजिकको भनेर चिनिन्छ तर उनले आफु कुनै राजनीतिक दलमा लागेर सक्रिय राजनीति नगरेको बताउदै आएका छन् । शर्मालाई नेपाली काँग्रेसका नेता खरेल र बाँस्तोला लगायतले समर्थन गरेर अगाडी बढाएको भएपनि शर्मा समेत नेकपा एमाले वा बामपन्थीसंग नजिक रहेको बताईन्छ ।

यस पटकको चुनाबी नतिजाले खरेल सहित काँग्रेस सम्बध्द नेताहरुलाई नराम्रो झड्का दिएको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउछन्, हुन त पछिल्लो समयमा अमेरिकाको बाल्टिमोर, टेक्सास लगायतका बिभिन्न राज्य र शहरहरुमा रहेका यस किसिमका अधिकांश संस्थाहरुमा बामपन्थी समर्थकहरुले नै नेत्रित्व लिईरहेको पाइन्छ ।

प्राप्त जानकारी अनुसार समाजको बरिष्ठ उपाध्यक्षमा गौली प्यानलकी  साबित्रा शिवाकोती दुइ सय ८४ मत पाएर बिजयी भईन भने शर्मा प्यानलका बाबुराजा सिंहले दुइ सय ३९ मत मात्र प्राप्त गरे।  दुइ जना उपाध्यक्ष पदमा गौली प्यानलका गोकुल सापकोटाले दुइ सय ७४ मत र इन्दिरा सिंखडाले दुइ सय ६४ मत पाएर बिजयी हुदा शर्मा प्यानलका बिशाल रेग्मीले २ सय ४४ मत र रुपा भण्डारीले दुइ सय ३६ मत मात्र प्राप्त गरेकी थिईन ।

महासचिब पदमा गौली समुहका राजेन्द्र कुमार कार्की दुइ सय ९३ मत पाएर बिजयी भए भने शर्मा समुहका शंकरराज भण्डारीले दुइ सय ४७ मत मात्र प्राप्त गरेका थिए ।

दुइ जना सचिबमा दिपक अधिकारी र मोहन क्षेत्रीले क्रमश दुइ सय ७१ र दुइ सय ६५ मत पाएर बिजयी भए भने चन्द्र बहादुर पराजुली र रमेश सत्यालले क्रमश दुइ सय ६३ र दुइ सय २८ मतमा चित्त बुझाउनु पर्यो । जसका कारण पराजुलीले दुइ मतले पराजित हुनुपर्यो सचिबमा बिजयी मोहन क्षेत्री बाबुराम शर्मा प्यानलको हुन्

यसै गरि कोषाध्यक्ष पदमा निर्मल थपलिया दुइ सय ६६ मत पाएर बिजयी भए उनले गौली प्यानलका सुरज पोखरेललाई पराजित गरेका हुन् पोखरेलले दुइ सय ५६ मत मात्र प्राप्त गरेका थिए ।

सह-कोषाध्यक्ष पदमा गौली समुहका राम कुमार राईले दुइ सय ६२ मत पाएर बिजयी बन्दा शर्मा समुहका इन्द्र कुमार थापा दुइ मतले पछाडी परेर पराजित बने । उनले दुइ सय ६० मत मात्र पाएका थिए ।

कार्यसमितीका सदस्यहरुमा अम्बिका कुमाल, बिकास मैनाली, बिमला भण्डारी, ज्ञानु चन्द, नमिता पौडेल, निरज सापकोटा, राजकुमार तामांग, रबि खड्का, रोशनी सिटौला, सुजन रेग्मी, सुमन बास्तोला र डा. भमराज गिरी निर्बाचित भएकोमा नमिता पौडेल, सुमन बाँस्तोला र निरज सापकोटा मात्र शर्मा प्यानलका हुन् भने अरु सबै गौली प्यानलका हुन् ।

निर्बाचन गर्नको लागि गठित समितिमा प्रमुख निर्बाचन आयुक्त महेश खड्का रहेका थिए उनले नै बिजयीहरुको नामाबली घोषणा गरेका हुन् ।

अधिबेशनको सुरुवातमा महासचिब बाबुराम शर्मा र कोषाध्यक्ष हेमन्त सिंहले समाजको बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष बसन्त चापागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसै बीच समाजका सल्लाहकार समेत रहेका नेपाली जनसम्पर्क समिति लंग आइल्याण्डका संस्थापक अध्यक्ष बिश्वराज बाँस्तोलाले समाजले नेपालीहरुको समस्यालाई आत्मसात गर्दै राजनीति भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन् । चुनाब वा नेत्रित्व चयन लोकतान्त्रिक प्रक्रिया भएकोले चुनाबी परिणामलाई स्वीकार गरेर सस्था र नेपाली समुदायको हितमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

१३ फाल्गुन २०८०, आईतवार २३:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा