Play

पोखरामा एकै दिन सात पत्रकार पुरष्कृत, निरन्तर खबरदारी गर्न पत्रकारसंग मुख्यमन्त्री पाण्डेको आग्रह

गुरुकुल खबर


पोखरा । पोखरामा रहेर पत्रकारितामा क्रियाशील  ७ जना पत्रकारहरु शुक्रबार एकै समारोहमा  पुरस्कृत भएका छन् । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको एक  कार्यक्रममा उनीहरुलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो  ।

पुरस्कृत हुनेमा पत्रकारहरू कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, सन्देश श्रेष्ठ, प्रकाश ढकाल, दीननाथ बराल र कृपा भण्डारी रहेका छन् । न्यौपाने भने बिगतमा पोखरामा समेत रहेर पत्रकारिता गरेको भए पनि केहि वर्ष देखि काठमाडौँमा रहेर पत्रकारितामा क्रियाशील छन्  । पुरस्कृतहरु मध्ये टंकराज अधिकारि नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष र प्रकाश ढकाल महासचिब हुन् ।

उनीहरू मध्ये गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट न्यौपाने र २०८० बाट हमाल पुरस्कृत भएका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार टंकराज  अधिकारी र २०७९ बाट पत्रकार  दीननाथ बराल पुरस्कृत भए  । यो पुरस्कारको राशी नगद ‍२०  हजार रुपैयाँ रहेकोछ  ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ र २०८० बाट प्रकाश ढकाल पुरस्कृत बभएका छन्  । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ  ।

२० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भइन् ।

पुरस्कार अर्पण समारोहमा बोल्दै गण्डकी  प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  पछिल्लो चरणमा फेक पत्रकारिताले मुलधारको पत्रकारितालाई असर पारेको बताए ।  पत्रकारिता क्षेत्रको विश्वसनियता बढाउन मुलधारका पत्रकारहरू क्रियाशील बन्नुपर्नेमा  उनको जोड थियो ।

प्रदेश सरकारले पत्रकारिता क्षेत्रको वृत्ति विकासको लागि सहयोग गर्दै आएको बताउदै उनले  प्रदेश सरकारले ल्याउन लागेको सञ्चार ऐन आगामी हिउँदे अधिवेशनमा पेश गर्ने र त्यसको कार्यान्वयन नहुदासम्म आफूलाई निरन्तर खबरदारी गर्न समेत उनले आग्रह गरें ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रीय सदस्य सरीता तिम्सिना पंगेनी, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पुरस्कार छनोट समितिको तर्फबाट महासंघका पुर्व अध्यक्ष कृष्णप्रसाद बास्तोला, पुरस्कार स्थापनाकर्ताहरु मध्ये गजेन्द्र  भण्डारीका सुपुत्र सन्तोष भण्डारी,  सुवर्ण राज कोइराला र शोभाकान्त सिग्देल साथै  पुरस्कृतहरुको  तर्फबाट कुलचन्द्र न्यौपानेले पुरस्कार तथा पत्रकारिता क्षेत्रको बारेमा आफ्ना भनाइ राखेका थिए ।

महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमिल्सेना र सचिब माधब बरालले समेत आआफ्नो भनाइ राखेका थिए।

१२ माघ २०८०, शुक्रबार २१:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा