Play

आहा रारा पोखरा गोल्डकप पोखरामा सुरु, आयोजक सहारा थ्री स्टार संग पराजित

गुरुकुल खबर


पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप पोखरामा सुरु भएको छ । मंगलबार सम्पन्न उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा काठमाण्डौको थ्रि स्टार क्लब संग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । जित संगै थ्रिस्टार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको जितमा टिम कप्तान योगेश गुरुङ र एञ्जल महर्जनले समान १–१ गोल गरे । यता सहाराका लगि आशिष गुरुङले १ गोल फर्काएका थिए । खेलको पाँचौं मिनेटमा योगेशले थ्री स्टारका लागि गोल गर्दै अग्रता लिए पनि २३ औं मिनेटमा सहाराका आशिष गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको दोश्रो हाफको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल गुरुङले दोश्रो तथा जितका लागि निर्णायक गोल गर्दै टिमलाई अन्तिम आठमा स्थान सुरक्षित गरे । खेलमा थ्री स्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ ।

बुधबार  राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले आहा रारा गोल्डकपले पोखराको फुटबल विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले नै महानगरले यसको संरक्षकत्व ग्रहण गरेको बताए । निरन्तर जस्तौ सुकै परिस्थितीमा समेत आयोजना भइरहेको प्रतियोगितामा विदेशी क्लबहरु ल्याउन आगामी दिनमा पोखरा महानगरले पहल गर्ने बताए ।

सो अबसरमा राष्ट्रिय फुटबल खेलाडी आयुष घलानलाई नगद सहित सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रम सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा मुख्य प्रायोजक संस्थाका तर्फबाट हिमश्री फुड्सका अध्यक्ष प्रकाश केसी, क्लबका उपाध्यक्ष पूर्ण गुरुङ, महासचिब रामजी प्रसाद अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।

९ माघ २०८०, मंगलवार २२:५१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा