Play

खुल्ला तामाङ सेलो नृत्य प्रतियोगितामा मञ्जुश्री तामाङ बौद्ध समाज विजयी (भिडीयो सहित)

गुरुकुल खबर


पोखरा , मञ्जुश्री सम्वत् २८६० औं डुक ल्हो सोनाम ल्होछारको अवसरमा  नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले शनिबार आयोजना गरेको ‘खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता’मा मञ्जुश्री तामाङ बौद्ध समाज, नालामुख विजयी  भएको  छ । विजेता समूह मञ्जुश्री तामाङ बौद्ध समाजलाई नगद तीस हजारको साथमा ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।   तामाङ समुदायको संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

आठ वटा समूह प्रतिस्पर्धामा रहेकोमा  द्वितीय, तृतीय र सान्त्वना स्थान  क्रमशः दिप ज्योति डान्स एकेडेमी, आदिम कला मञ्च, पूर्णिमा साँस्कृतिक कला केन्द्र ले   प्राप्त  गरेका छन  ।  हेभेन्ली निर्माण पथ युथ कास्कीको तर्फबाट निकेश गुरुङले बेस्ट डान्स इन कन्फिडेन्टको उपाधि पाएका छन्  कार्यक्रमको प्रमुख अतिथिमा गण्डकी प्रदेशका सभासद पार्वती थिङ तामाङले कार्यक्रमकाे उद्घाटन गरेकी थिईन ।

कार्यक्रमको उद्देश्यमाथि संयोजक जसपाल पाख्रीन तामाङले प्रकाश पारेका थिए । नेपाल तामाङ घेदुङका निवर्तमान सदस्य सुवेदार हरिमान थिङ, नेपाल तामाङ घेदुङ कास्कीका पूर्व  सचिव कृष्ण बहादुर तितुङ तामाङ,  ना.सु.राम प्रसाद सम्देन तामाङलाई आयोजकले प्रमाणपत्र र दोसल्ला ओढाई विशेष सम्मान गरिका थिए  ।

सम्मानित व्यक्तित्वको तर्फबाट नेपाल तामाङ घेदुङका निवर्तमान सदस्य सुवेदार हरिमान थिङ तामाङ र नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धन प्रसाद डुम्जन तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताको निर्णायकमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहेका थिए  ।   कार्यक्रममा   अतिथि कलाकार तर्फ चर्चित सेलो गायक तथा संगितकार विश्व दोङ तामाङ र सेलो गायिका लक्ष्मी डिम्डुङ तामाङले  सेलो तथा मिन्दुमाया गीत गाएर दर्शक र श्रोतालाइ मनोरंजन दिएका थिए  भने  अन्य कलाकारहरुले पनि सांगीतिक कोसेलीहरु प्रस्तुत गरी दर्शकहरुलाई मनोरंजन दिलाएका  थिए ।

औपचारिक कार्यक्रमको संचालन नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका सचिव अञ्जना डुम्जन तामाङ र सांगितिक कार्यक्रमकाे संचालन नेपाल तामाङ घेदुङ संघीय सदस्य चन्द्र तामाङ (मुस्कान) ले गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजक नेपाल तामाङ घेदुङ संघीय सदस्य सुजन तामाङ रहेका थिए ।

८ माघ २०८०, सोमबार ०७:५४ मा प्रकाशित
Nabintech