Play

एसी, डिलक्स, हायसलगायत सबै गाडीको टिकट अनलाइनबाट- अध्यक्ष केसी

गुरुकुल खबर


पाेखरा / पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी कम्पनीले सञ्चालन गर्दै आएका बसको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ ।
समितिले आफ्ना विभिन्न सेवाहरुलाई डिजिटल बनाउने घोषणासँगै टिकटसमेत अनलाइबाटै काट्ने व्यवस्थापन गरेको हो ।

गण्डकी प्रदेशमा मात्रै नभई देशभर नै अग्रीण सावैजानिक सेवा प्रदायक कम्पनीबाट परिचित समितिले स्वचालित प्रणालीमा गएको छ । प्रविधिको प्रयोग तीव्र गतिले बढिरहँदा यातायात क्षेत्रमा पनि यात्रुलाई सहज र स्तरीय सेवा दिनका लागि समितिले पूर्ण स्वचालित प्रणालीमा गएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

अनलाइन टिकटबारे जानकारी दिन आयोजित उक्त पत्रकार सम्मेलनमा बोल्दै बससेवा डटकमका प्रमुख कार्यकारी निर्देशक पिआर खनालले अब पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी समिति जोडिएको बताए ।

उनले बससेवा डटकम नेपालको एकमात्र अनलाइन टिकटिङ माध्ययम रहेको र यो सेवा ६२ जिल्लामा विस्तार भएको समेत सुनाए । ‘अब पोखराबाट पृथ्वी राजमार्गमा चल्ने बसहरुको टिकट काट्न काउन्टरमा जानु पर्दैन । अनलाइनबाटै पनि सहजै काट्न सकिन्छ,’ उनले भने,‘यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्रो संकल्पसँग यो संस्था जोडिँदा खुसी छौं ।’ समितिसँगको सहकार्यले आम यात्रुहरुलाई सहजता हुने उनले सुनाए ।

सोही क्रममा बोल्दै पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसीले कम्पनीको एसी, डिलक्स, हायसलगायत सबै किसिमका गाडीको टिकट अनलाइनबाटै काट्न सक्ने बताए । उनका अनुसार अब यात्रुहरुले पृथ्वी बस डटकम डट एनपी, पृथ्वी राजमार्ग बस सञ्चालक सम्पनी प्रालिको मोबाइल एप र बससेवा डटकमबाट टिकट काट्न सक्ने छन् ।

‘हामीले अनलाइन टिकटलाई अघि बढाएका छौं । यसका लागि जुनसुकै माध्यमबाट पनि रकम भुक्तान गर्न सक्नेछन् । इन्टरनेटको माध्ययमबाट जुनसुकै एपबाट टिकटको रकमसमेत तिर्न सक्नेछन्,’ उनले भने ।

२२ पुष २०८०, आईतवार १०:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा