Play

सेतीमा हामफालेको आशंकामा वेपत्ता संगमको खोजिका लागि बाँध खोलिंदै

गुरुकुल खबर


पोखरा, यही मंसिर २५ गतेदेखि वेपत्ता तनहुँ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १६ लामाचौर बस्ने बर्ष १९ का संगम मिश्रको खोजीका लागि सेतीको बाँध अहिले खोलिंदै छ । मिश्र ज्वरो सम्बन्धी बिरामी भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालको ईमर्जेन्सी वार्डमा आएकोमा चेकअपको क्रममा उनका बुवा हरि प्रसाद मिश्र औषधी लिन गएको अबस्थामा छोरा संगम मिश्र अस्पतालबाट हराएको भनी सूचना प्राप्त भएपछि प्रहरी उनको खोजीमा जुटेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुर तर्फ आउने झोलुङ्गे पुलको बिचमा उनले लगाएको कपडा र आइडी कार्ड समेत फेला परेको र खोजतलासको क्रममा आज दिउँसो १२ः०० बजे देखी १६ः०० बजेसम्म पोखरा १६ दिप स्थित रहेको बाँध खोली खोजतलास समेत गरी दिन प्रहरीमा अनुरोध समेत भएको जनाउँदै सो बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सो समयमा सेति नदीमा पानीको वाहफ बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि सूचना प्रकाशन गरिएको प्रहरीले जनाएको छ ।

२८ मंसिर २०८०, बिहीबार ११:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा