Play

तमु (गुरुङ) संघ गण्डकी प्रदेश भेला संयोजकमा राम गुरुङ चयन

गुरुकुल खबर


पोखरा। नेपाली कांग्रेस निकट तमु(गुरुङ) संघ नेपालको गण्डकी प्रदेश भेला आयोजक समितिको संयोजकमा राम गुरुङ चयन भएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको संयोजन र तमु(गुरुङ) संघका केन्द्रिय अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा सम्पन्न एक भेलाले समाजसेवी एवम् युवा नेता गुरुङलाई संयोजकमा चयन गरेको हो ।

केही दिनमा भेला आयोजक समितिलाई पूर्णता दिईने र छिट्टै गण्डकी प्रदेश स्तरीय भेला आयोजना गरिने संयोजक राम गुरुङले जानकारी दिए । ‘भव्य र सभ्य भेला सम्पन्न गर्नका लागि सक्दो कोशिस गर्नेछु’ संयोजक गुरुङले भने ‘सबैको सल्लाह र सुझाव लिई भेला ऐतिहासिक बनाउने छु।’

केन्द्रिय अध्यक्ष भुवनसिंह गुरुङका अनुसार सो प्रदेश स्तरीय भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका सभापतिहरुलाई प्रमाणपत्र वितरणसंगै पदस्थापन गराईनेछ । संघको भावी योजनाका बारे जानकारी दिदै अध्यक्ष गुरुङले व्यवस्था परिवर्तनका लागि शहिद भएका गुरुङहरु पहिचान गरी शहिद घोषणा गर्ने, नेपाली कांग्रेसको मूल्य मान्यता, समावेशी लोकतन्त्र बारे गुरुङ समुदायमा बुझाउने र कांग्रेसको सदस्यता लिन प्रेरित गरिने स्पष्ट पारे ।

सम्पन्न भेलामा तमु(गुरुङ) संघका संस्थापक अध्यक्ष तथा माननीय डा.टकराज गुरुङ, माननीय सरस्वती गुरुङ, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, विहादी गाउँपालिका पर्वतका प्रमुख प्रविण गुरुङ, कांग्रेस गण्डकी सदस्य सीता गुरुङ, जिल्ला सदस्य खेम गुरुङ, क्षेत्र नम्बर ३ कास्कीका सभापति मनोज गुरुङ, महाधिवेशन प्रतिनिधि तीर्थकुमारी गुरुङ, नेपाल लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, नेपाली कांग्रेस प्रचार विभागका केन्द्रिय सदस्य राजबहादुर गुरुङ, तमु(गुरुङ) संघका केन्द्रिय सदस्य लेखबहादुर गुरुङ, वडा नं २३ का वडाध्यक्ष रामकाजी गुरुङ, प्रदेश प्रतिनिधि लालकाजी गुरुङ, मादी गाँउपालिका वडा नं २ का ईकाई सभापति क्या.मन्त्रीजंग गुरुङ, सांस्कृतिक सङ्घका उपसभापति कृष्णकुमार गुरुङ लगायतका नेताहरुले भव्य रुपमा भेला सम्पन्न गर्न तथा संगठन सुदृढिकरणका बारेमा विभिन्न सुझाव दिएका थिए ।

४ मंसिर २०८०, सोमबार २०:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा