Play

नेलम्बोद्वारा निःशुल्क स्वास्थ्य शिविर

गुरुकुल खबर


पोखरा, पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा पोखरा २२ (पुम्दी—भुम्दी) आइतार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ४४ जना लाभान्वित भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य कार्यालयको समन्वयमा तीन दीनसम्म संचालन भएको स्वास्थ्य शिविरमा १० विधामा २ हजार ५ सय ९६ सेवा उपलब्ध गराएको नेलम्बो नेपालले जनाएको छ । उक्त शिविरमा जनरल सेवा ५ सय ७०, हाडजोर्नी तथा नसा ३ सय ९८, स्त्रीरोग परिक्षण सेवा १ सय ९०, नाक कान घाँटी सेवा २ सय ६४, दन्त परिक्षण सेवा २ सय ९३, सुगर परिक्षण २ सय ८९ ,पिसा परिक्षण सेवा १ सय ७९, भिडियो एक्सरे सेवा २ सय ४२ ईसिजि सेवा २ सय २३ गर्व परिक्षण १ जनाको परिक्षण गरिएको कार्यक्रम संयोजक भिम प्रसाद भण्डारीले जानकारी दिए । केही व्यक्तिले दुई वा दुई भन्दा बढी पनि एकै स्थानबाट सेवा प्राप्त गर्नु भएको उनले बताए ।

उक्त शिविरमा डा.सुदर्शन आचार्य, डा.विनोद बराल, डा.अंकुर के.सि.,डा.मनिषा बराल, डा.सिजन मर्सानि सहित अन्य स्वास्थ्यकर्मी खटिएको संयोजक भण्डारीले बताए । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आफुहरुको सानो प्रयासमा केही महिना पछि पुनः पुम्दी भुम्दीमा शिविर आयोजना गरी आम वडाबासीलाई सचेत गराउने अवसर मिलेको बताए । पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले आफ्नो वडाबासीको स्वास्थ्यको क्षेत्रमा नेलम्बो नेपालले चासो दियर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता शिविर संचालन गर्न आग्रह गरे ।

यसैबिच, असोज २६ गते देखि सुरु भएको उक्त शिविरको गण्डकी प्रदेशका सांसद प्रकाश बराल र वडा अध्यक्ष हिमलाल बरालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै दशैंको अवसरमा बिषेश गरी हरेकले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिन आग्रह गरेका थिए ।

 

२९ आश्विन २०८०, सोमबार १४:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा