Play

राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई

गुरुकुल खबर


पोखरा, राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ ।

साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा परिवारद्वारा स्थापित पुरस्कार हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित छ ।
उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

प्रतिष्ठानले कास्कीको बाटुलेचौरमा जन्मेर २०१७ सालदेखि २०५४ सालसम्म अध्यापन गरी शैक्षिक क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रतिभा छनौट उपसमितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले सर्वसम्मत पारित गरेको हो ।

लक्ष्मीशरण उपाध्याय र राधा पौडेलको स्मृतिमा पुत्रद्वय केशवशरण पौडेल र माधवशरण पौडेल परिवारद्वारा स्थापित कोषको व्याजबाट हरेक वर्ष उक्त पुरस्कार अर्पण गरिदै आइएको छ । यसअघि उक्त पुरस्कारबाट छन्दकवि माधव वियोगी पुरस्कृत भइसकेका छन् ।

पुरस्कार असोज ८ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले जानकारी दिए ।

५ आश्विन २०८०, शुक्रबार ११:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा