Play

रक्तदानमा ४७ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा सुन्दरनगरीद्वारा संयुुक्त रुपमा आयोजित रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका वडा नं ६ स्थित केदारेश्वर मन्दिर गेट परिसरमा आयोजित रक्तदानमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ सहित पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधि, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का पदाधिकारीको उपस्थिति थियो । पिएमसिसि लायन्स दीपक श्रेष्ठले एनटिभिएका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।

एनटिभिए गण्डकीका अध्यक्ष बाबुुराम पाण्डेले संस्थागत रुपमा वर्षेनी रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै रक्तदातालाई आभार एवम् कृतज्ञता व्यक्त गरे ।

एनटिभिएका अध्यक्ष पाण्डेको अध्यक्षता एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक श्याम लामिछानेले धन्यवाद व्यक्त गरे ।

उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिएका संस्थापक अध्यक्ष एवम् सल्लाहकार मदन शर्मा खनाल, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५(के) का ब्लड डोनेशन चिफ लायन श्यामकृष्ण श्रेष्ठ र डिष्ट्रिक रिपोटिङ चिफ लायन महेश पौडेल लगायतले रक्तदानको महत्व बारे प्रकाश पारेका थिए ।

२७ भाद्र २०८०, बुधबार ११:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा