Play

पोखरामा पनि गौरा पर्व मनाइयो

गुरुकुल खबर


पोखरा, सुदुरपश्चिममा मनाइने गौरा पर्व पोखरामा पनि भव्य रुपमा मनाइएको छ । सुदुरपश्चिम सम्पर्क एवं बिकास समाजद्धारा यस बर्षको गौरा पर्व विरुडा खादै गौरा देवीको पूजा गरी डेउडा खेलेर मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका उपनेता एवं पूर्वमन्त्री विन्दु कुमार थापाले गौरा पर्व ऐतिहासिक र सास्कृतिक मात्र नभई एकताको सुत्रमा बाध्ने पर्वको रुपमा रहेको बताए । उनले सास्कृतिक विविधता रहेको हाम्रो समाजमा सुदुरपश्चिमबासीको गौरा पर्व मनाउने प्रचलनले पोखरालाई थप सुन्दरता प्रदान गरेको बताए ।

त्यसैगरी पोखरा विश्वविद्यालयका डिन प्रा. राजेश कुमार ठकुराठीले गौरा पर्वको एतिहासिक महत्वको बारेमा प्रकाश पार्दै सुदुरपश्चिमका महिलाहरुको विशेष पर्व रहेको जानकारी दिए ।

त्यस्तै समाजका उपाध्यक्ष डा.पदम खड्काले नेपालका सास्कृतिक पर्व मध्ये गौरा पर्वको इतिहास अझ गर्विलो रहेको बताउँदै सबै नेपालीले मनाउनु पर्ने बताए । समाजका अध्यक्ष सागर ऐरले पर्वको महत्वलाई बुझेर सरकारले सार्वजानिक विदा दिनुपर्ने माग राखे ।

कार्यक्रममा कुश, कास, सामा, तितेपाती र तिलको बोटबाट बनाइएको बोटको गौराको प्रतिमा र केराउ, गहद, मास, गहुँ लगायत पाँच किसिमका गेडागुडी भिजाएर तयार पारिएको विरुडाको प्रसाद ग्रहण गरी डेउडा खेलिएको थियो ।

सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउा भनी भाद्र महिनामा घना जंगलमा गई जनावरको डर नमानी तपस्या गर्दा फल प्राप्त भएको दिनलाई गौरा पर्वको रुपमा सुदुरपश्चिमका महिलाहरुले बिशेष रुपमा मनाउने प्रचलन रहेको छ । सो पर्वमा घर टाढा रहेको पविारका सदस्य एवं आफन्तजन घर फर्कि आउने र पर्व मनाउने चलन रहिआएको छ ।

 

८ भाद्र २०८०, शुक्रबार १२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा