Play

सहकारी पीडित आन्दोलनकारी र प्रहरीविच काठमाडौंको विजुलीबजारमा झडप

गुरुकुल खबर


पोखरा, राजधानीको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ । माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा प्रहरीसँग झडप परेको हो ।

सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेको सन्दर्भमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको जनाइएको छ । यसअघि माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको तर कुटपिट र पक्राउ नगरिएको दाबी गरे । निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन् । फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन्।

सहकारी पीडितहरुले बिजुलीबजारमा सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना गरेका थिए । उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ ।

तस्वीर :अनलाइनखबर डटकम

१८ श्रावण २०८०, बिहीबार १५:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा