Play

नेकपा ( एमाले ) गण्डकी प्रदेश कमिटीको अन्तरक्रीया

गुरुकुल खबर


पोखरा, ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले कास्की जिल्ला बाट प्रतिनिधित्व गर्ने  प्रदेश सचिबालय सदस्य तथा सदस्यहरू संग अन्तरक्रीया बैठक सम्पन्न गरेको छ।

बैठकमा ने .क .पा .(एमाले) का सचिब एबम गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनु पर्ने भन्दै परिणाम निस्कने गरि पार्टी काममा लाग्न सबै प्रदेश कमिटीका सदस्यहरूलाइ आग्रह गरे।

पूर्ब मन्त्री समेत रहेका  सचिब बिष्टले एमाले सरकारका योजना र प्रदेश तथा स्थानिय तहका जनप्रतिनिधिहरूले गरेका कामको प्रभाबकारी प्रचार र सबै नेता कार्यकर्ताहरूको अनुसासित र इमान्दार व्यवहार  अति आबश्यक भको उल्लेख गरे।  संगठनात्मक अराजकता र स्वेच्छाचारीताले पार्टी सबल हुन नसक्ने जिकिर गर्दै बिष्टले नेतृत्व देखि कार्यकर्ता सम्म त्यसको अन्त्य अबको पहिलो शर्त हुने बताए।

अबशरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित ब्यक्तिगत स्वार्थ केन्द्रीत हुने गरि काम नगरी देश र जनताको हितमा मात्रै केन्द्रित हुन आफ्नो पार्टीका निर्बाचित जन प्रतिनिधिहरूलाइ आग्रह गरे।  उनले पार्टी प्रणालीमा चल्ने हुदा विधि र प्रक्रियाबाटै अनुशासन स्थापित गर्ने उद्घोष गरे। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले अब नेतृत्व होस वा कार्यकर्ता सच्चिनुको बिकल्प  नभएको उल्लेख गरे।

अधिकारीले काङ्ग्रेस र  माओबादिले सिद्धान्त छोडेको  र नयाँ उदाएको भनिएका पार्टीहरूको कुनै कार्यनीति र सिद्धान्त नभएको कुरा स्पस्ट जनतालाइ बुझाउन आग्रह गरे। उनले पार्टीका बिरूद्द भएका अनर्गल प्रचारलाई परास्त गर्न प्रतिबाद नै आबश्यक भएको जिकिर गर्दै एक माना एकताका साथ सो कार्यमा लाग्न आग्रह गरे।
पार्टी  प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले कमिकमजोरीहरू बाट सिक्दै पार्टीको शाख उचो गर्ने गरि अझै घनिभुत तबरले लागि पर्ने उल्लेख गरे। उप – सचिब आचार्यले पार्टी सबै प्रकारका क्षमताहरूको मिश्रण भएको हुदा सबै सदस्यको क्षमता र क्षेत्रको आधारमा जिम्मेवारी निर्धारण गरिने भन्दै कामले नै सबैको स्थान निर्धारण गर्ने हुँदा कार्यक्षेत्रमा सबल तरिकाले लागि पर्न आग्रह गरे।

कार्यक्रममा  गण्डकी प्रदेश कमिटीमा   कास्कीबाट प्रतिनिधित्व गर्ने सचिबालय सदस्य एबम सदस्यहरू पुण्य पौडेल ,आनन्द सुवेदी ,लक्ष्मी अधिकारी,भुपेन्द्र गिरि,कालिदाश सुवेदी ,पूर्ण गिरि,प्रभा कोइराला ,शोभा मोहन पौडेल ,चतुरे बि. क.,इश्वर आचार्य ,बिधा बिमल बराल ,पार्बती जि . सि.,भिम प्रसाद बास्तोला लगाएतले पार्टिको बर्तमान अबस्था र भाबी कार्यदिशाका सन्दर्भमा आ -आफ्नो सुझाब प्रस्तुत गरेको सो पार्टीको गण्डकी प्रदेश कमिटी प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

९ श्रावण २०८०, मंगलवार १३:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा