Play

सशक्तिकरणकालागि महिलालाई हस्तकला तालिम

गुरुकुल खबर


पोखरा । कास्की पोखरा हस्तकला संघ कास्कीको आयोजनामा सोमबारबाट पोखरामा प्राकृतिक रेशाजन्य हस्तकला तालिम सुरु भएको छ ।

जेठ २९ गतेसम्म चल्ने १५ दिने तालिमको उट्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष सहारा प्रधानले तालिमले महिला सशक्तिकरणमा सघाउ पुर्याउनुका साथै आर्थिक रुपमा सवल बनाउने विश्वास व्यक्त गरे । हरेक क्षेत्रमा समान सहभागिताको कुरा उठाई रहदा आर्थिक पाटोमा पनि समान हुनु पर्ने आवश्यकता औल्याए ।

नारी विकास केन्द्रका अध्यक्ष उषा बडुवालले आर्थिक रुपमा सवल हुन सीपको आवश्यकता पर्नेमा जोड दिदै तालिम पश्चात उधमशिलतामा जोड्न आग्रह गरिन् ।

महिला उधमी संघ कास्कीका अध्यक्ष पार्वती पौडेलले महिला सवल र सक्षम हुन सीप अपरिहार्य भएको बताउदै सीपले मात्र अर्थोपार्जन गर्न सक्नेमा जोड दिईन् । उत्पादित वा निर्मित वस्तुको बजार मात्र राम्रो नभई बजारभाउ पनि राम्रो भएको बताउदै पौडेलले ईच्छाशक्ति लगाएर तालिम लिन सहभागी सबैलाई आग्रह गरिन् ।

स्वस्तिक हस्तकला उधोग बगरका प्रोपाईटर सीता गुरुङले आर्थिक सशक्तिकरणले मात्र महिलाले हरेक क्षेत्रमा प्रतिनिधित्व गर्न सक्ने दावी गर्दै सीप सिकेर आफ्नो कमाईमा जीवन निर्वाह गर्न सहभागि सबैलाई आग्रह गरिन् ।

समावेशी वचत तथा ऋण सहकारी संस्थाका सचिव जीवन अधिकारीले महिला उधमी उत्पादनका लागि प्रदान गर्न लागिएको हस्तकला तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।

कास्की पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन बुद्वि पूर्जाले गरेका थिए ।

३० जना सहभागिता रहेको तालिममा सुनिता बानिया र लक्ष्मी शर्मा प्रशिक्षकका रुपमा रहेका छन् ।

१६ जेष्ठ २०८०, मंगलवार ११:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा